आज संसदमा प्रधानमन्त्रीको सम्बोधन स्थगित

Posted on: 14 Feb, 2020

फागुन २, काठमाडौं | आज प्रतिनिधिसभमा हुने भनिएको प्रधानमन्त्रीको सम्बोधन स्थगित भएको छ | नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य रुपन्देहीका दुर्गाप्रसाद उपाध्यायको निधन भएपछि शुक्रबारको बैठक शोक प्रस्ताव पारित गरी स्थगित गरिने संसद सचिवालयले जनाएको छ |

आज बस्ने प्रतिनिधि सभा बैठकले प्रधानमन्त्रीले सरकारको दुई वर्षे कार्यकालका उपलब्धि जानकारी गराउन सम्बोधन गर्ने तय भएको थियो | तर नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य रुपन्देहीका दुर्गाप्रसाद उपाध्यायको निधन भएपछि कांग्रेसले शोकका कारण सदन स्थगित गर्न माग गरेको हो |

प्रतिनिधिसभाको अर्को बैठक भोलि (शनिबार) बिहान ११ बजे बस्ने छ उक्त बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने बताइएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!