बालुवाटार जग्गा प्रकरणमा व्यंग्य गर्दै गगन थापाले सुनाए "स्वस्थानी कथा'

Posted on: 18 Feb, 2020

फागुन ६, काठमाडौं | मंगलबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै  नेपाली कांग्रेसका सांसद गगन थापाले बालुवाटार जग्गा प्रकरणमा नेकपाका महासचिव विष्णु पौडेललाई जोगाएको भन्दै व्यंग्य गरेका छन् |

उनले  स्वस्थानी व्रतकथाको कथाशैलीमा पौडेल पुत्र नवीनले जग्गा फिर्ता गर्ने मञ्जुरी र अख्तियारले मुद्दा नचालएको प्रसंगलाई उल्लेख गरेका छन् | 'कुमारजी आज्ञा गर्नुहुन्छ, हे विष्णु मुनी, अबदेखि कसैको चोरीको सामान किन्दा सकेसम्म लोकलाई थाहा नहुनेगरी किन्नू | थाहा पाइहाले होइन होइन भन्नू | चित्त बुझाउन नसकेर अप्ठ्यारोमा नै पर्ने भए हत्तपत्त चोरीको सामान फर्काउनू र दुई पटक विष्णु विष्णु भन्नू | त्यसमा पनि लोकले चित्त बुझाएन् भने गोकुल धाममा गएर खड्ग उचाल्नू र चारपटक विष्णु विष्णु भन्नू | त्यसको प्रभावले तिम्रो हाम्रो अनुहारमा लागेको लोकले देखे पनि देख्नुपर्नेले देख्ने छैनन्' थापाले भने | "इतिश्री अख्तियार पुराणे, कुमार विष्णु संवादे श्रीस्वस्थानी ब्रतकथा बालुवाटार वर्णनाम प्रथम अध्याय" धन्यवाद । 

बालुवाटार स्थित ललितानिवासको सरकारी जग्गा प्रकरणमा अख्तियारले महासचिव बिष्णु पौडेललाई उन्मुक्क्ति दिएको भन्दै कांग्रेसले आलोचना गर्दै आएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!