आज ७० औं प्रजातन्त्र दिवस यसरी मनाइयो

Posted on: 19 Feb, 2020

फागुन ७, काठमाडौं | नेपालमा प्रजातन्त् स्थापना भएको ७० बर्ष पुगेको उपलक्ष्यमा विभिन्न कार्यक्रम गरी काठमाडौंको टुँडिखेलमा ७० औं प्रजातन्त्र दिवस मनाइएको छ | १०४ बर्ष लामो राणा शाशन ढालेर २००७ साल फागुन ७ गते प्रजातन्त्रको स्थापना भएको थियो |

सरकारले हरेक बर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाउंदै आएको छ | सोहि अनुसार बुधबार टुँडिखेलमा प्रजातन्त्र दिवस मनाइएको हो | उक्त कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष, प्रतिनिधिसभाका सभामुख, मन्त्री, सुरक्षा प्रमुखलगायतको उपस्थिति रहेको थियो |




यस बिषयमा तपाइको प्रतिक्रिया...!