चिनियाँ दूतावासको वक्तव्यप्रति सम्पादकको आपत्ति,कुटनीतिक मर्यादा नाघेको ठहर

Posted on: 19 Feb, 2020

फागुन ७, काठमाडौं | नेपाल स्थित चिनिया दुतावासले जारी गरेको बिज्ञप्ति प्रति सम्पादकहरुले आपत्ति जनाएका छन् | ‘द काठमाडौं पोष्ट’मा प्रकाशित एउटा लेखलाई लिएर चिनियाँ दूतावासले मंगलबार विज्ञप्ति जारी गरेको थियो |

सम्पादकहरुका तर्फबाट बुधबार जारी वक्तव्यमा चिनियाँ दूतावासको वक्तव्यले कूटनीतिक मर्यादा नाघेको बताइएको छ | नेपालको सविधानले पूर्ण प्रेस स्वतन्त्रता शुनिशित गरेकाले त्यसको रक्षा र सम्मानमा हामी प्रतिबद्ध छौ बिज्ञप्तिमा भनिएको छ,‘कुनै विचार वा समाचार प्रकाशित गरेवापत सम्पादकको नामै उल्लेख गरेर लाञ्छित गर्ने र धम्की दिने कार्यप्रति हाम्रो असहमति छ ।’

द काठमाडौं पोस्टले मंगलबार आफ्नो विचार पृष्ठमा सिकागो ट्रिब्युन र द कोरियन हेराल्डमा प्रकाशित इभो डाल्डरको चीनसम्बन्धी लेख साभार गरेको थियो |सोही लेखलाई लिएर चिनियाँ दूतावासले मंगलबार विज्ञप्ति जारी गरेकोहो |


यस बिषयमा तपाइको प्रतिक्रिया...!