मन्त्री वास्कोटा लेखा समितिको छलफलमा आएनन्, यस्ता छन् छलफलका बुँदाहरु

Posted on: 20 Feb, 2020

फागुन ८, काठमाडौँ | संसद्को सार्वजनिक लेखा समितिमा सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय र सुरक्षण मुद्रण केन्द्रबीचको छलफलमा सञ्चारमन्त्री गोकुल बाँस्कोटा उपस्थित छैनन् । लेखा समितिले सेक्युरिटी प्रेस सम्बन्धमा छलफल सुरु गरिसक्दा त्यसको जवाफका लागि मन्त्री वास्कोटा आउनुपर्ने तर जानकारी समेत नगराई छलफलमा उपस्थित नभएको समितिले जनाएको छ । 

बुधबार सञ्चारमन्त्री गोकुल बाँस्कोटा र स्थानीय एजेन्ट विजयप्रकाश मिश्र शर्मा बीच क्युरिटी प्रेस सम्बन्धको कमिसनबारे भएको कुराकानीको अडियो बाहिरिएपछि वास्कोटाले बिभिन्न संचार माध्यमहरुको फोन समेत उठाएका छैनन् । 

लेखा समितिले यस घटनाका बारेमा छलफल गर्न सञ्‍चार मन्त्री बाँस्कोटालाई बोलाए पनि उनी उपस्थित भएका छैनन् । समितिले बैठकमा बोलाउँदा उपस्थित हुन नसक्‍ने भए पहिले नै जानकारी गराउनुपर्ने व्यवस्था भए पनि मन्त्री वास्कोटाले कुनै जानकारी समेत नगराएको लेखा समितिले जनाएको छ । 

लेखा समितिले बिहीबार विभिन्न ८ बुँदामा केन्द्रित रहेर छलफल गर्दैछ । सेक्युरिटी प्रेस खरिद प्रक्रियामा समितिले बिभिन्न प्रश्नहरु खडा गरि छलफलमा राख्ने गरि लेखा समितिले तयारी गरेको छ । 

समितिले सेक्युरिटी प्रेस सम्बन्धमा छलफलका बुँदाहरुमा जि२जि प्रस्तावनामा प्रतिष्पर्धा किन भएन ? लागत अनुमान यथार्थ किन भएन ? पोल्याण्डको सरकारी कम्पनीले प्रधानमन्त्रीलाई लेखेको पत्रको वेवास्ता किन गरियो ? स्वीस कम्पनी KBA NotaSis को प्रस्तावको वेवास्ता किन भयो ? अन्य बिभिन्न कम्पनीहरुको प्रस्तावित मूल्यमा ठूलो भिन्नता किन ? सरकारले प्राप्त गरेको प्रस्ताव र मन्त्रीपरिषदको निर्णयमा थुप्रै अस्पष्टता किन ? प्रस्तावित कम्पनीहरुको अनुभवमा कमी देखिदादेखिदै पनि किन तिनै कम्पनी छानिए ? संकट समाधान, समन्वय र मितव्ययीता किन भएन ? लगायतका बिषयहरु रहेका छन् । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!