प्रधानमन्त्री ओलीले प्रचण्डलाई अचानक बालुवाटार बोलाए

Posted on: 21 Feb, 2020

फागुन ९, काठमाडौँ | नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अचानक प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएका छन् | 

ओलीले सञ्चारमन्त्री गोकुल बाँस्कोटाले कमिसन मागेको अडियो सार्वजनिक भएपछिको अवस्था, अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लगायतका विषयमा छलफल गर्न प्रचण्डलाई बोलाएको बताइएको छ |

बिहीबार मात्रै सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा कमिसन डिल गरेको अडियो सार्वजनिक भएपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिएका थिए |ओली र प्रचण्डबीच मन्त्रिपरिषदका सदस्य हेरफेर, एमसीसी प्रतिवेदन र पार्टीका बाँकी कामबारे छलफल हुने जनाइएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!