काँग्रेस छाया मन्त्रिपरिषद् बैठकको निर्णय:भ्रष्टाचार बिरुद्ध सशक्त रुपमा प्रस्तुत हुने

Posted on: 23 Feb, 2020

फागुन ११, काठमाडौँ | प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको छाया सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बसेको छ | सरकारका गतिविधिबारे खबरदारी गर्न बबनाइएको छाया सरकारले भ्रष्टाचारविरुद्ध ससक्त रुपमा प्रश्तुत हुने निर्णय गरेको छ |

आइतबार काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा  बसेको छाया सरकारको मन्त्रिपरिषद् बैठकले निवर्तमान सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले ७० करोड कमिसन मागेको बिषयलाई उठाउने बताइएको छ | सेक्युरिटी प्रेस खरिद प्रकरणमा भएको बार्गेनिङसम्बन्धी अडियोमा सरकार बाहिर रहेका दलहरुसँग छलफल गरि अघिबढ्ने निर्णय गरेको छ | बैठकले वर्तमान सरकार नीतिगत भ्रष्टाचारमा उद्धत भएको निष्कर्ष पनि निकालेको छ | गोकल बास्कोटा प्रकरण बाहिरिएको तर अन्य मन्त्रालयमा पनि अवस्था उस्तै रहेको भन्दै बैठकले यसबारे सशक्त रुपमा प्रस्तुत हुन छाया मन्त्रीहरुलाई निर्देशन दिएको छ |

संसदीय दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले संसदीय समितिमा पनि छाया सभापति बनाउने निर्णय गरेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!