विदेशमा रहेका नेपालीहरुलाई सरकारले भन्यो,'तोकिएको अवधि सम्म नेपाल आउँन पाइँदैन'

Posted on: 19 Mar, 2020

चैत ६, काठमाडौँ | सरकारले कोरोना प्रभावित देशमा रहेका नेपाली नागरिकहरु तोकिएको समय सम्म नेपाल आउँन नपाउने बताएको छ | बिहिबार आयोजित नियमित पत्रकार सम्मेलन मार्फत उक्त कुरा जानकारी गराएको हो |

विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार पनि उनीहरुलाई नेपाल ल्याउन नमिल्ने सरकारले बताएको छ | 'जुन देशमा जहाँ हुनुहुन्छ,उहाँ नेपाली नागरिक भए पनि, उँहा त्यहि उपचारमा रहनुहुन्छ' पत्रकार सम्मेलनमा सरकारका एक अधिकारीले भने,'तोकिएका मुलुकहरु युरोप,पक्षिम एसिया,खाडी क्षेत्रका सबै मुलुक,टर्की, मलेसिया,दक्षिण कोरिया,जपानबाट सोझै आउने,अन्य देशहरुबाट ति देश भएर आउने र ति देशबाट जुनसुकै मुलुक ट्रान्जिट भएर आउने कोहीलाई पनि अहिले प्रवेश छैन |' 

आफू भएको देशमा नै उपचार गराउन सरकारले आग्रह गरेको छ | संसारमा कोरोनाभाइरसको प्रकोप,र प्रभाव हेरेर उक्त मिति सर्न समेत सक्ने बताइएको छ | दक्षिण एसिया र नेपालको सम्भावित जोखिमलाई हेरेर मिति सर्न सक्ने सरकारले जनाएको छ |

यस अघि बुधबार कोरोनाभाइरस(कोभिड-१९)उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बनेको कोभिड-१९ संक्रमण,रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्य समितिले कोरोना प्रभावित देशमा रहेका नेपाली नागरुकहरु तथा अन्य विदेशीहरु २० मार्च देखि १५ अप्रिल सम्म नेपाल् आउँन प्रतिबन्ध लगाउने निर्णय गरेको थियो | 

कोरोना प्रभावित युरोपका सबै मुलुकहरू, पश्चिम एसियालगायत खाडी क्षेत्रका मुलुकहरू,इरान, मलेसिया, दक्षिण कोरिया, जापानबाट आउने र ती मुलुकलाई ट्रान्जिट बनाइ अन्य जुनसुकै मुलुकबाट आउने सबै यात्रुहरूलाई २० मार्च २०२० मध्य रातदेखि लागू हुने गरी १५ अप्रिल २०२० सम्मका आगमनमा प्रतिबन्ध लगाएको छ |

विश्वव्यापी रुपमा फैलिरहेको कोरोनाभाइरबाट बच्न आवश्यक सतर्कता अनुरुप सरकारले कोरोना प्रभावित देशबाट नेपाल आउँन आफ्नै देशका नागरिकहरुलाई समेत प्रतिबन्ध लगाएको हो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!