प्रधानमन्त्री ओलीले देशबासीका नाममा सम्बोधन गर्ने

Posted on: 20 Mar, 2020

चैत ७, काठमाडौँ | विश्वभरी फैलिएको कोरोनाभाइरसबाट उत्पन्न तनाबका कारण देशले खेल्नु पर्ने भूमिका र नियन्त्र,रोकथाम सम्बन्धि आवश्यक पूर्व तयारीबारे प्रधानमन्त्री ओलीले आज देशवासीको नाममा सम्बोधन गर्ने भएका छन् |

प्रधानमन्त्री ओलीले सम्बोधनमार्फत कोरोना भाइरसको रोकथामका लागि सरकारले गरिरहेको तयारीबारे जानकारी गराउनुका साथै जनताले अपनाउनु पर्ने सजगताबारे आफ्नो धारणा राख्ने बताइएको छ | ओलीले देशवासीको नाममा सम्बोधन गर्ने बताउंदै समय भने तय नभएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापालेजानकारी दिए |

विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोनाभाइरसको उच्च जोखिममा राखेको छ | सरकारले उक्त भाइरस फैलिन नदिनका लागि आवश्यक सतर्कता अपनाइएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!