प्रमबाट बच्चनको स्वास्थ्यलाभको कामना

Posted on: 12 Jul, 2020

असार २८, काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय वरिष्ठ चलचित्र अभिनेता अमिताभ बच्चनको सुस्वास्थ्य र शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ । 

उहाँले आज अपराह्न ट्विट गर्दै प्रसिद्ध कलाकार अमिताभ र उहाँका पुत्र अभिषेकको सुस्वास्थ्यको कामना गर्नुभएको हो । बच्चन परिवारलाई कोरोना भाइरसको सङ्क्रमण भएको सञ्चारमाध्यमहरुले जनाएका छन् ।

बलिउड अभिनेता अमिताभ बच्चनलाई कोरोना संक्रमण भएको पुष्टि बच्चनले आफ्नै आधिकारिक ट्वीटर र फेसबुक मार्फत जानकारी गराएका छन् । ७७ वर्षका बच्चन उपचारका लागि मुम्बईको नानावती अस्पतालमा भर्ना भएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!