कांग्रेस नेता जीवनबहादुर शाहीलाई कोरोना संक्रमण

Posted on: 14 Jul, 2020

असार ३०, काठमाडौँ | काँग्रेस नेता तथा कर्णाली प्रदेशसभा प्रतिपक्ष दल नेता जीवनबहादुर शाहीलाई कोरोना संक्रमण देखिएको छ । 

दुई दिन अघि गरिएको स्वाव परीक्षणमा शाहीलाई कोरोना संक्रमण पुष्टि भएको कर्णाली प्रदेश स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा लक्ष्मीनारायण तिवारीले जानकारी दिएका हुन् । उनलाई कोरोना संक्रमण पुष्टि भएसंगै उनको सम्पर्कमा आएका व्यक्तिहरुको पनि कारोना परीक्षण हुने भएको छ । 

संसदीय समितिका विभिन्न बैठकमा जाने-आउने गरेका शाही संसद बैठकमा पनि उपस्थित हुने गरेका थिए । शाहीमा कोरोना संक्रमण देखिएपछि प्रदेशसभा सदस्य तथा सचिवालयमा त्रास छाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!