नेकपाका दुई अध्यक्षबीच भेटवार्ता

Posted on: 15 Jul, 2020

असार ३१, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको आन्तरिक विवाद समाधानका लागि सहमति जुटाउन आज पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको छलफल भोलि पुनः बस्नेगरी सकिएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षबीच भएको भेटवार्तामा आगामी साउन २ गतेलाई निर्धारित स्थायी कमिटी बैठकअघि सहमति कायम गर्नका लागि छलफल भएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

पार्टीको आन्तरिक विवाद मिलाउन दुई अध्यक्षबीच दैनिक जसो बैठक भइरहेको छ । मङ्गलबार पनि दुई अध्यक्षबीच छलफल भएको थियो । बिहीबार पुनः छलफल गर्ने गरी आजको छलफल सकिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!