सरकारद्वारा सचिवहरुको जिम्मेवारी हेरफेर, श्रम मन्त्रालयको सचिवमा तोयम राय

Posted on: 21 Jul, 2020

साउन ६, काठमाडौँ । सरकारले ३ सचिवको सरुवा गरेको गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले ३ सचिवको सरुवा र नयाँ २ सचिवको पदस्थापन गरेको हो ।

साझा सबाललाई प्राप्त जानकारी अनुसार बैठकले बाग्मती प्रदेशका प्रमुख सचिव तोयम रायलाई श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा गरेको छ । श्रम मन्त्रालयका तत्कालीन सचिव बिनोद केशीले उमेरहदका कारण अवकाश भएपछि मन्त्रालयमा सचिव पद रिक्त रहेको थियो सो पश्च्यात सहसचिव बाबुराम अधिकारीले निमित्त सचिवले जिम्मेवारी सम्हालेका थिए । 

त्यस्तै बैठकले गण्डकी प्रदेशका प्रमुख सचिव हरिप्रसाद बस्याललाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा, युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियालाई शिक्षा मन्त्रालयको सचिवमा सरुवा गरेको छ ।

त्यस्तै केही दिन अगाडी बढुवा भएका विष्णु नेपाललाई गण्डकी प्रदेशको प्रमुख सचिव र मान बहादुर विकलाई बाग्मती प्रदेशको प्रमुख सचिवमा सरुवा गर्ने निर्णय गरेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!