यी हुन् मन्त्रिपरिषद बैठकले गरेका २६ निर्णयहरु

Posted on: 21 Jul, 2020

साउन ६, काठमाडौं । सरकारले करिब चार महिनादेखि लगाएको लकडाउन अन्त्य गर्ने निर्णय गरेको छ । तर केहि प्रतिबन्ध भने हुनेछन् । साउन ५ गते बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको मंगलबार सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिए । मन्त्रीपरिषदको  बैठकले लकडाउन खोल्ने लगायत २६ वटा निर्णय गरेको छ ।


बैठकको निर्णय अनुसार लकडाउन खुलेपनि अर्को निर्णय नहुँदासम्म शैक्षिक संस्था, सभा सम्मेलन, विचार गोष्ठी, प्रदर्शन तथा भेला, सिनेमा हल, डान्स बार लगायतका मनोरञ्जन स्थलहरु, सैलुन, व्यूटी पार्लर, जिमखाना, हेल्थ क्लब, समूहमा खेलिने खेल, धार्मिक स्थलहरु, पुस्तकालय, संग्राहलयहरु र चिडिया खाना अझै खुल्ने छैनन् ।

सरकारले ट्राभल, होटल तथा रेष्टुरेन्टहरु साउन १५ बाट खुला गर्न अनुमति दिएको छ । त्यस्तै भदौ १ गतेबाट अन्तराष्ट्रिय उडान, आन्तरिक उडान, लामो तथा छोटो दुरीको सवारी साधन खुलाउने निर्णय गरेको छ । भदौ १ गतेदेखि विद्यार्थी भर्ना र परीक्षा लगायतका गतिविधि गर्न पनि दिने भएको छ । 

तल हेर्नुहोस् मन्त्रीपरिषदका निर्णयहरु: 


यस बिषयमा तपाइको प्रतिक्रिया...!