प्रधानमन्त्रीका सल्लाहकारले नारायणकाजीलाई भने 'कम से कम पार्टी प्रवक्ता पदको लाज त जोगाउनुस्'

Posted on: 07 Aug, 2020

साउन २३, काठमाडौं । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार तथा नेकपाका स्थायी कमिटी सदस्य विष्णु रिमालले 'इनफ इज इनफ' भन्दै  प्रवक्ता श्रेष्ठको भूमिकामा प्रश्‍न उठाएका छन् । ‘कम से कम पार्टी प्रवक्ता पदको लाज त जोगाउनुस्। ‘विधि र पद्दती’को नक्कली गीत गाउँदै नेताहरूलाई गुटबन्दीको आगोमा पोल्न उत्तोलक नबन्नुहोस्! पार्टी एकताविरूद्धका कुनैपनि गतिबिधि कतैबाट पनि नहोस्! मुलुक संवेदनशील मोडमा छ महसूस होस्!', उनले भनेका छन्। 

मुलुक संवेदनशील मोडमा रहेको भन्दै उनले पार्टी एकताविरुद्ध कुनै पनि गतिविधि कतैबाट नहोस् भनेका छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!