नेकपामा विवाद सुल्झाउन ६ सदस्यीय कार्यदल गठन

Posted on: 14 Aug, 2020

साउन ३०, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा विवाद समाधानका लागि सुझाव पेश गर्न ६ सदस्यीय कार्यदल गठन भएको छ । महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित कार्यदलमा भीम रावल, शंकर पोखरेल, जनार्दन शर्मा, पम्फा भुसाल र सुरेन्द्र पाण्डे सदस्य रहेका छन् ।

केपी ओली, प्रचण्ड र माधव नेपाल समूहका दुई दुई जनाको प्रतिनिधित्व हुने गरी कार्यदल गठन भएको हो । कार्यदलले चाँडोभन्दा चाँडो पार्टीभित्रका समस्या समाधानका लागि एकीकृत सुझाव दिने महासचिव पौडेलले बताए । शुक्रबार प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यष पुष्पकमल दाहाल प्रचण्डबीच भएको भेटमा कार्यदल बनाएर विवाद समाधान गर्ने समझदारी भएको स्रोतको दाबी छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!