पन्युले झटारो हानी श्रीमतीको हत्या

Posted on: 19 May, 2018

जेठ ५, सिन्धुली (रासस) | सिन्धुलीको घ्याङलेख गाउँपालिका–३ तामाजोर लप्सेमा श्रीमान्ले श्रीमतीको हत्या गरेका छन् । 

लप्से निवासी ४६ वर्षीय एकिङबहादुर गोलेले ४२ वर्षीया श्रीमती सुपरानी गोलेको शुक्रबार हत्या गरेका हुन् । गोलेले खाना पस्कने पन्युले झटारो हन्दा पन्यु सुपरानीको टाउकामा गाडिएको र घटनास्थलमा नै उनको मृत्यु भएको हो । 

गोलेले सदैव मदिरा सेवन गरी झै–झगडा गर्ने गरेको परिवारका अन्य सदस्यले बताएका छन् । शुक्रबार दिउँसो घटना भएको प्रहरीले बताएको छ । शुक्रबार गोलेले श्रीमतीसँग मदिरा सेवन गर्न रु २०० मागेको र श्रीमती सुपरानीले दिन नमान्दा सामान्य झगडा भएको परिवारले बताएको छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!