यी हुन् सुन तस्करीका नाइके गोरे, भारतको भगौडा आर्मी-दुबई प्रहरी अनि तस्कर !

Posted on: 22 May, 2018

जेठ ८, काठमाडौं । ३८ क्वीन्टल सुन तस्करीका मुख्यअभियुक्त चुडामणि उप्रेती गोरे पक्राउ परेका छन् । उनलाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरिएको छ ।

उनलाई आजै सकेसम्म छोटो साधानमा मोरङ पुर्याईने प्रहरीले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ । यस अघि भारतबाट पक्राउ परेको भनिएपनि प्रहरीले उनलाई काठमाडौँको गौरीघाटबाट आज बिहान करिब ५:३४ बजेनै पक्राउ गरिएको जनाएको छ । प्रहरीका अनुसार गोरे काठमाडौँ छिरेको सूचनाको आधारमा प्रहरीको गोप्य टोलीले तीन दिनदेखि खोज्दा आज पक्राउ गर्न सफल भएको जनाएको छ । 

प्रहरीले गोरे पक्राउ परेपछि यसअघि पक्राउ परेकाहरुको बिषयमा थप पुष्टि भएको र अझै केहि थप व्यक्तिहरुको बारेमा पनि प्रहरीले सोधपुछबाट तथ्य निकालेको जनाएको छ । 

गत बर्ष माघ अन्तिम साता यूएईबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थल हुँदै आएको तस्करीको साढे ३३ केजी सुन सम्बन्धित व्यक्तिसम्म नपुगी गायब भएपछि सुन काण्ड मच्चिएको थियो । पछी सनम साक्य मारिएपछी घटना थप भयानक बन्यो । घटनालाई लुकाउन प्रहरीले भूमिका खेलेको आरोप छ । यसबारे छानविनका क्रममा पूर्व डिआर्इजी गोविन्द निरौला,  महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमख एसएसपी दिवेश लोहोनी, डीएसपी प्रजित केसीसहित ७ प्रहरी अधिकारी पक्राउ परेका छन् । एसएसपी श्याम खत्री अझै फरार छन् । घटनामा संलग्न ६३ जनाविरुद्ध जिल्ला अदालत, मोरङमा मुद्दा दर्ता भएको छ । यो मुद्दामा जिल्ला अदालत मोरङमा बहस जारी छ ।

घटनाको अनुसन्धान गर्न सरकारले गृहमन्त्रालयका सह-सचिव ईश्वर पौडेल नेतृत्वको छानबिन समिति बनाएको थियो ।

को हुन् गोरे ? 

साढे ३३ केजी सुन प्रकरणका मुख्य अभियुक्त मोरङ, उर्लाबारीका चुडामणि उप्रेती ‘गोरे’ उपनामले चिनिन्छन्, उनलाई ‘गोल्ड डन’ पनि भनिन्छ ।

प्रहरी उच्च अधिकारीहरुसँग हिमचिमबाट फाइदा उठाउँदै गोरेले सुन तस्करी गर्दै आएका थिए । यसअघि पनि उनको नाम तस्करीसँग नजोडिएको होइन तर, बच्दै आएका थिए । यो पटक सनमको हत्याभएपछि उनी अनुसन्धानको घेरामा तानिएका थिए । नेपाल प्रहरीका पूर्व प्रहरी सहायक निरीक्षकका छोरा उप्रेतीले भारतीय सेनामा जागिर खाने प्रयास पनि गरेको थिए । तर, त्यहाँ पुगेर सेनाको तालिम लिएको केही समयमै उनी भागेका थिए ।

त्यहाँबाट भागेर उनी दूबई पुगेका थिए । त्यहाँ पनि उनले दूबई प्रहरीमा पनि जागिर खाए । स्वदेशमा छँदा मोरङ-११ फुटबल क्लबमा समेत आबद्ध उनको जीवनमा दूबई गएपछि भने एकाएक परिवर्तन आएको थियो । उनले दूबई प्रहरीको जागिर छाडेर तस्करीलाई धन्दा बनाएका थिए । त्यसपछि उनले देखिने गरी उनको उर्लाबारीमा डेढ विगाह जग्गा र दुई तले पक्की घर बनाएका थिए । उनको काठमाडौंको गौरीघाटमा पनि आलिसान बंगला बनाएका उनले बानेश्वरमा दुई वटा कोठा भाडामा लिएर सुन स्टोर गर्ने गोदाम बनाएका थिए । 

हाल उनका भाइ र श्रीमति दुवै यूएईमा छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!