जेठ ९ , काठमाडौं | ३३ किलो सुन तस्करी प्रकरणमा मुख्य दोषि भनिएको चुडामणी उप्रेती ‘गोरे’ले प्रहरीसँग आत्मसमपर्ण गरेसँगै नयाँ हलचल मच्चिएको छ ।
उप्रतीले आफू उक्त सुन प्रकरणको मुख्य दोषी आफु नभएर अरु नै ठुला व्यक्ति भएको सुरुमै बताएका छन् ।
उनले गिरफ्तारी दिनु भन्दा पहिले सार्वजनिक गरेको भिडियोमा पनि उक्त कुरा बताएका छन् ।
गोरेले प्रारम्भिक बयानमा सुन तस्करीमा विमानस्थलका कर्मचारी, प्रहरी र सत्ताको पहुँच र प्रभाव भएका नेताहरुको संरक्षणमै सुन ओसारपसार हुने गरेको रहस्य खुलाएका छन्।
गोरेको उक्त बयानसँगै नयाँ हलचल मच्चिएको छ ।
लामो समयदेखि सुन तस्करीसँग नाम आउने गरेको तत्कालिन एमाले र माओवादी केन्द्रका नेताहरु फेरि विवाद आउने देखिएको छ । गोरेको बयानले नेकपा अन्डरलाइनमा हलचल ल्याएको बताइएको छ । स्रोतका अनुसार नेताहरुको छलफल र दौडधुपलाई हेर्दा भूकम्प नै गएको छ ।
गृह मन्त्रालयका सहसचिव ईश्वर पौडेलको संयोजकत्वमा गठित छानविन समितिसमक्ष गोरेले कुन कुन नेताको नाम लिएका छन् भन्ने बाहिर ल्याएको छैन ।
गोरेले आफू निर्दोष भएको भन्दै मानव अधिकार आयोगलाई पत्र लेखेर आत्मसमर्पण गरेका थिए । उनी गिरफ्तारी दिन भारतबाट गौरीघाटस्थित आफ्नै घरमा आएको बेला प्रहरीले गिरफ्तार गरेको थियो ।
गृहमन्त्रालयमा पत्रकार सम्मेलनपछि गोरेलाई मोरङ पुर्याइएको छ ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!