सामुहिक वलात्कारमा एक सैनिक सहित पाँच जनालाई जेल

Posted on: 24 May, 2018

प्रेम सुनार | गुल्मी, जेठ–९ ।  केहि महिना अघि गुल्मीको पौदीअमराईमा मानसिक सन्तुलन ठिक  नभएकी एक महिलालाई सामुहिक वलात्कार गर्ने  एक सैनिक जवान सहित पाँच जनालाई  जिल्ला अदालत गुल्मीले १०  वर्ष सम्मको जेल सजाएँको फैसला गरेको छ ।

२०७४ साल असोज १५ गते राती मुसिकोट नगरपालिका वडा नम्वर १ , पौदीअमराईको थामडाँडा भन्ने स्थानको वारीमा अन्दाजी ३५ वर्षिया महिलालाई सामुहिक वलात्कार गरेको आशंकामा अर्को दिन विहान पौंदीअमराई प्रहरी चौकीको पट्रोलिङ्ग टोली ति महिलालाई फेला पारेको थियो ।

अनुसन्धान गर्दै जाँदा  अन्दाजी ३५ वर्षिया मानसिक सन्तुलन ठिक नभएकी ति महिलालाई वलात्कार गरेको पत्ता लगाई मुसिकोट नगरपालिका वडा नम्वर १ , पौदीअमराईका १८ वर्षिय बुद्ध नेपाली , सोही स्थानका १६ वर्षिय सुरेश नेपाली , वर्ष १६ का रेशम नेपाली, वर्ष २४ का ध्रुव थापा र वर्ष १८ का हरिबहादुर खत्री सहितका पाँच जनाले सामुहिक वलात्कार गरेको पाए पछि  त्यसको अर्को दिन विहान त्यहाँको प्रहरी चौकीले पक्राउ गरी जिल्लामा पठाएको थियो ।

जिल्ला प्रहरी कार्यालय गुल्मीले निजहरु विरुद्ध सामुहिक रुपमा जवरजस्ती करणीको मुद्धा अदालतमा दायर गरे अनुरुप जिल्ला न्यायधिश रामप्रसाद न्यौपानेको ईजलासले उनिहरुलाई  कैद सजाएँको फैसला गरेको हो ।  

आज जिल्ला प्रहरी कार्यालय गुल्मीले पठाएको विवरण अनुसार पाँच जना मध्ये चार जनालाई मुलुकी ऐन जवरजस्ती करणीको महल–१ नम्वर विपरित महल–३ को देहाए–५ नम्वर वमोजिम कशुर गरेको देखिदा ऐ.महलको ३ को दाहाय ५ नम्वर वमोजिम ५ वर्ष र सोही महलको  ३ क वमोजिम थप ५ वर्ष गरी १० वर्ष कैद सजाएँ र जनही २५ हजार जरीवानाको फैसला गरिएको छ ।

त्यस्तै रेशम नेपाली नावालक देखिएकोले त्यसको आधा सजाएँको फैसला भएको जिल्ला प्रहरी कार्यालय मुद्धा फाँटका प्रहरी सहायक निरीक्षक सत्यनारायण यादवले जानकारी दिए । वलात्कार अभियोगी पाँच जना मध्ये ध्रुर्व थापा नेपाली सेनाका रिगरुट जवान थिए ।

दशै मान्न विदामा घर आएका थापा अल्लारे युवाहरुको पछाडी लागेर मानसिक सन्तुलन ठिक नभएकी महिलालाई वलात्कार गर्दा भर्खर खाएको नेपाली सेनाका जागिरबाट हात धुदै चेल सजाएँ भागिरहेका छन् ।  उक्त अभियोगमा स्वर्णिम भविश्य बोकेका अन्य युवाहरुको समेत जिन्दगीको सपना चकनाचुर   भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!