दार्चुलामा भुकम्पको धक्का महशुस

Posted on: 24 May, 2018

लोकेन्द्र प्रशाद जोशी | जेठ १०, दार्चुला । दार्चुला जिल्लामा बिहिबार राति ८ बजेर ११ मिनेटमा भुकम्पको धक्का महसुस भएको छ । भारतको उत्तराखन्ड खेत भन्ने स्थान केन्द्रबिन्दु भएर भुकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।

जिल्लाको सदरमुकामसहित ब्यास, दुहु, मार्मा, लेकम सबै क्षेत्रमा धक्का महसुस गरिएपनि अहिलेसम्म कुनै क्षतीको विवरण नआएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

भूकम्पिय दृष्टिकोणले जोखीमयुक्त मानिएको दार्चुला जिल्ला आसपासको क्षेत्रमा समयसमयमा भुकम्प जाने गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!