कैलालीमा एकाबिहानै फिल्मी शैलीमा यसरी नौ लाख लुटियो

Posted on: 27 May, 2018

जेठ १३ धनगढी | धनगढी उपमहानगरपलिका पुरानो भन्सार रोडमा रहेको एसिसी बैंक नजिकैको चोकमा गोली चलाएर आज एक व्यक्तिको रकम लुटिएको छ । 

एसिसी बैँकबाट रु नौ लाख निकालेर फिर्ता फर्किँदै गर्नुभएका धनगढी– २ का ३६ वर्षीय निर्मल सार्कीमाथि मोटरसाइकलमा आएका अपरिचित दुई जनाको समूहले गोली चलाई रकम लुटेको हो । सार्कीको एउटा हातमा गोली लागेको छ । 

उहाँलाई उपचारका लागि सेती अञ्चल अस्पताल धनगढीमा पुर्याइएको छ । गोली चलाउनेको खोजतलास व्यापक रुपमा भइरहेको प्रहरी उपरीक्षक विनोद घिमिरेले बताउनुभयो । लुटिएका सार्की ग्लोबल आइएमी बैंकमा कार्यरत भएको बुझिएको छ । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!