सुनको मुल्य घट्यो

Posted on: 17 Jun, 2018

असार ३, काठमाडौ। असारको पहिलो दिन महंगिएको सुनको मूल्य आज तेस्रो दिन घटेको छ। शुक्रबार प्रतितोला ५९ हजार पुगेको सुनको मूल्य घटेर आइतबार ५८ हजार ५ सयमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

शुक्रबार एक वर्षयताकै उच्च विन्दुमा पुगेको चाँदीको मुल्य पनि आइतबार घटेर प्रतितोला ७ सय ८० रुपैयामा कारोबार भएको महासंघले जनाएको छ | शुक्रबार चाँदीको मूल्य प्रतितोला ८ सय पुगेको थियो। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!