सिनामंगलमा सुमोको ठक्करबाट एक महिलाको मृत्यु

Posted on: 20 Jun, 2018

असार ६, काठमाडौँ | गएराति सिनामंगलमा भएको सडक दुर्घटनामा एक महिलाको मृत्यु भएको छ । 

दोलखा स्थायी घर भई हाल सिनामंगल बस्दै आएकी ४७ वर्षीया गोमा भुजेलको पैदलयात्राका क्रममा सिनामंगलस्थित प्रहरी चौकी नजिकै ना १ ज ४२५० नं को टाटा सुमोले राति करीब १० बजे ठक्कर दिएको थियो । 

ठक्करबाट गम्भीर घाइते भुजेललाई उपचारका लागि स्थानीय काठमाडौँ मेडिकल कलेज लगिएकोमा उपचारका क्रममा राति १०:३० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा संलग्न सवारीसाधन र चालक सानेपा चौकीस्थित प्रहरीको नियन्त्रणमा रहेको जनाइएको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!