अध्यक्ष महरले नेबिसंघ कब्जा गर्न खोजेको आरोप

Posted on: 20 Jun, 2018

असार ६, काठमाडौं । नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघका महामन्त्री कुन्दन राज काफ्ले , चार उपाध्यक्ष राम प्रसाद अधिकारी, डिल्लीराम सुवेदी, नविन राई, प्रकाश रानाले कांग्रेस सभापति शेरबहादुर देउवालाई अध्यक्ष नैनसिंह महरले संगठन कब्जामा लिएको भनी ध्यानकार्षण गराएका छन् ।


महाधिवेशनको २२ महिना बितिरहँदा अध्यक्ष महरले क्याम्पस, जिल्ला र विश्वविद्यालयमा विधिवत अधिवेशन नगराई मनोमानी ढंगले विधि परम्परा र विधान विपरीत अध्यक्षले संगठन कब्जा गर्न खोजेको आरोप सो पत्रमा लगाइएको नेबि सघ केन्द्रिय सदस्य सुशील भट्टले जानकारी दीय  । 

अध्यक्ष महरले विभिन्न निकायमा मनोमानी संघको केन्द्रीय पदाधिकारी एबम  सदस्यहरूलाई जानकारी नदिई मनोनयन गरेको पत्रमा उल्लेख  छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!