आजपनि घट्यो सुनको मूल्य, कति छ ? हेर्नुहोस्

Posted on: 12 Jul, 2018

असार २८, काठमाडौं । साताको पाँचौ दिन बिहिबार पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

बुधवार प्रतितोला  ५७ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज घटेर ५७ हजार २ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै बुधवार प्रतितोला ५७ हजार ३०० रुपैयाँमा कारोबार भएको तेजावी सुन पनि घटेर आज प्रतितोला ५६ हजार ९ सयमा कारोबार भइरहेको छ।

त्यस्तै चाँदी  प्रतितोला पाँच रुपैयाँले घटेर ७५५ रुपैयाँमा कारोबार भइरहेको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!