जहाँ तिन दिन सम्म काम गर्नै नहुने, यो कस्तो प्रचलन ?

Posted on: 17 Jul, 2018

प्रेम सुनार, , साउन–१, गुल्मी । गुल्मीको एक मगर समुदायमा एउटा रोचक प्रचन छ ।  जुन समुदायले असारको तिन दिन सम्म खेतीवाली र दाउँरा घाँस गर्नै पाउँदैनन । ‘असारे वार’ उनिहरुको ठुलो मेला पर्व हो । जुन असारे वारलाई कडा वारको रुपमा लिईन्छ ।

असार महिनाको विजोडा मिति , विजोडा  वार र तिथी पारेर मनाईने यस पर्वको आफ्नै एउटा रोचक कथा  छ ।

गुल्मी दरवार गाउँपालिका वडा नम्वर ४ , विरवासको जिज्यु वाजै मन्दिरको पौराणिक कथा हो यो  ।  हिजो असारको अन्तिम दिनमा  सकिएको असारे वार  पर्व त्यहाँका वासीन्दाले धुमधाम संग मनाए । 

 कथा यस्तो छ

   विरवास वजारमा रहेको  जिज्यु वाजै मन्दिर पुजा ब्यवस्थापन समितिका अध्यक्ष क्याप्टेन ईन्द्रबहादुर रजाईलीका अनुसार विक्रम संवत १७६५ सालको असार महिनामा मगर समुदाय, सुर्यवंशी थरका दुई दिदी विहिनी घरबाट हराए ।  दुई तिन सम्म फेला नपरे पछि धामी झाँक्रि गराईयो ।  धामी क्राँक्रि बक्ने क्रममा ति दुई  दिदी वहिनीहरु बोले ।


   उनिहरुले भने–‘ हामी रुन्खा वनको चिउरीको वुटा पनि अलाप–विलाव भयौं ।  अहिले हामी शिला पल्टेर बसेका छौं । हामीलाई मानेर बस्नु , खोज्न परेन । ’  खोज्दै जाँदा उनिहरु शिला अर्थात ढुङ्गको मुर्तिका रुपमा फेला परे ।

  एका दुई पुस्ता पछिका सन्तानले पुरानो पिढीलाई जिज्यु वाजै भन्ने मगर समुदायकौ प्रचलन अनुसार उनिहरुको शिलालाई जिज्यु वजैका रुपमा पुज्न थालियो ।  उनिहरुको मन्दिर स्थापना गरियो ।

    त्यति वेला मगर समुदायको प्रचलनमा रहेको सुंगुर  र   कुखरा चढाउन थालियो ।  अहिले पनि त्यही सुंगुर पुजा गरिन्छ ।  सयौं कुखराको भाले पुजा गरिन्छ ।  परम्परागत सालैजो र नौमति वाजा बजाएर नाचिन्छ ।

   यसपाली  पनि भव्य रुपमा मनाईयो ।  प्रचलन अनुसार त्यस पर्व मनाउने अघिल्लो दिन देखि  हिजो साँझ तिन दिन  सम्म त्यस समुदायका मानिसहरुले घरको मेलापात , दाउँरा घाँस  केहि काम गरेनन ।

   त्यसको तिन दिन अघि नै घरको सवै काम  पुरा गरेर बस्छन । अध्यक्ष रजाईलीका अनुसार असारे वार पर्वको  तिन दिन सम्म केहि काम गरेमा खती हुने जनविश्वास रहेको छ । 

   जिज्यु वाजै मन्दिरमा भक्कल गरे पछि  मनोकामना पुरा हुने जनविश्वास अनुसार पहिला छिमेकी जिल्ला सम्मका मानिसहरुको अपार भिड हुने गर्दथ्यो । अहिले भने आ–आफ्नो गाउँमा त्यस मन्दिरको शाखा लगेर पुज्ने गर्दा कम भएको छ ।

   उति वेला परेवा र वलि दिएको सुंगुरका टाउँका झण्डै एक ट्याक्टर हुन्थे, रजाईली भन्छन यसपाली ९ वटा मात्रै सुंगुरको वलि दिईयो ।

   उनले थपे–‘ जिज्यु वाजै मन्दिरको परापुर्व काल देखि अपार महिमा रहेकोले पञ्चायत कालमा  यस स्थानको नामकरण जिज्यु स्थान गाउँ पञ्चायत  थियो । पछि मात्रै विरवास गाउँविकास समिति भएको थियो ।’

  यसपाली मनाईएको असारे वार पर्वमा युवायुवतीहरु वाजा ताल र वुढापाकाहरुको सालैजोमा झुमेका थिए । त्यस विरवासमा अपार भिड थियो । तस्वीरः असारे वार पर्व मनाउँदै झुम्दै विरवासका युवायुवतीहरु   


यस बिषयमा तपाइको प्रतिक्रिया...!