विश्व हिन्दू महासंघका अध्यक्ष सिंहको निधन

Posted on: 22 Jul, 2018

साउन ६, काठमाडौँ | विश्व हिन्दू महासंघ अन्तर्राष्ट्रिय समितिका अध्यक्ष भरतकेशर सिंहको उपचारका क्रममा ८२ वर्षका उमेरमा आज बिहान स्थानीय बयोधा अस्पतालमा निधन भएको छ । 

सिंह दोस्रो कार्यकालका लागि महासंघको अध्यक्ष हुनुहुन्थ्यो । नेपाली सेनाका पूर्वउपरथी सिंहले शाही पाश्र्ववर्तीका रुपमा समेत काम गर्नुभएको थियो । पिसाबसम्बन्धी रोगका कारण अस्पताल भर्ना गरिएकामा उहाँलाई निमोनिया रोग पनि देखिएको थियो । उहाँको निधन भने हृदयाघातका कारण भएको महासंघका महासचिव अस्मिता भण्डारीले राससलाई जानकारी दिनुभयो । 

सिंहको शव अन्तिम श्रद्धाञ्जलिका लागि अहिले पशुपति वनकालीस्थित हंसमण्डपमा राखिएको छ । उहाँका तीन छोरा हुनुहुन्छ । स्व सिंहको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने महासंघले जनाएको छ ।रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!