तपाइको मृत्युको कारण - 'बाइक एक्सीडेन्ट', नभन्दै त्यहि भयो !

Posted on: 23 Jul, 2018

साउन ७, काठमाडौँ | हामीले फेसबुकमा आउने बिभिन्न फिचर वा एप्सलाई एक्सिस दिन्छौं, जसले हाम्रो प्रोफाइल अध्ययन गर्छ र हामीलाई हाम्रो स्थितिसँग मिल्दो जुल्दो कुरा दिन्छ । हामीले फेसबुकमा जोसँग बढी कुरा गर्छौं वा जे बढी गर्छौं त्यसलाई आधार मानेर त्यस्ता एप्सले हाम्रो स्थितिबारे जानकारी दिने हुँदा अधिकांश कुरा मिलेजस्तो पनि लाग्छ र हामीले आफ्नो फेसबुकमा त्यस्ता कुरा सेएर गर्छौं ।

तर यहाँ एउटा यस्तै घटना संयोगको घटना भएको छ । धादिङ ज्वालामुखी ४ का सुजत भण्डारीले २ महिना अघि अर्थात मे ३१ मा आफ्नो फेसबुकमा एउटा फेसबुक एप प्रयोग गर्दै एउटा पोष्ट सेएर गरे, जसमा शिर्षक थियो - 'तपाइको मृत्युको कारण के हुने छ ?' उनले उक्त एप्सलाई आफ्नो फेसबुकमा प्रयोग गरेर नतिजा निकाले 'बाइक एक्सीडेन्ट' । जसलाई उनले स्टाटसमा मेन्सन गर्दै पोष्ट गर्दै 'हेहेहे अब  बाइक चलाउन छोड्नु पर्ला जस्तो छ ।' 


नभन्दै त्यो पोष्टको शतप्रतिशत लागू सुजतको जीवनसँग आएर मिल्न पुग्दा आइतबार उनको मोटरसाइकल दुर्घटनाबाट मृत्यु भएको छ । आइतबार कालु पाण्डे मार्गको धादिङवेशी मलेखु सडकखण्ड अन्तर्गत सिद्धलेक गाउँपालिका ६ परेवाटारमा धादिङबेशी तर्फ आउँदै गरेको स्कुल बस बा २ क ८९९६ नम्बरको बसले र सुजत चढेको मोटरसाइकल बा ९२ प ८११० लाई ठक्कर दिँदा उनि गम्भीर घाइते भएका थिए । उनलाई उपचारको लागि काठमाडौँ ल्याउँदै गर्दा बाटामै मृत्यु भएको हो । 

उनीसंगै सवार ज्वालामुखी गाउँपालिका ४ का अन्दाजी ३२ वर्षीय नारायण लम्साल र ९ वर्षीय अभिषेक भण्डारी घाइते भएका छन् । घाइतेमध्ये ९ वर्षीय अभिषेक भण्डारी सुजतकै दाईका छोरा हुन् । उनको हात भाच्चिएको छ । घाइतेहरुको काठमाडौँ स्थित बिर अस्पतालमा उपचार गराइदैछ भने मृतकको शव गजुरीमा रहेको मृतकका भेनाजु प्रविन अधिकारीले बताएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!