कीर्तिमानी खेलाडी संगिनालाई राष्ट्रपतिद्वारा सम्मान

Posted on: 19 Sep, 2020

असो ३, काठमाडौं । संविधान दिवसको अवसरमा सरकार तथा राष्ट्र प्रमुख राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा ओलम्पियन तथा एसिएन च्याम्पियन खेलाडी संगिना वैद्यलाई विभूषित गर्ने भएकाे छ । संगिनालाइ प्रबल जनसेवा श्री (चतुर्थ) मानपदवीद्वारा विभूषित गर्ने निर्णय गरेको हाे ।


नेपालको खेलकुद इतिहासमा नेपाललाई पहिलो एसियाली पदक दिलाउन सफल तथा ओलम्पिकमा छनोट चरण पार गरेर ओलम्पिक खेल्न सफल पहिलो नेपाली खेलाडिका साथै खेल क्षेत्रमा रहेर लामो समय देखी देशलाई योगदान दिदै नेपाललाई विश्वमा चिनाउन सफल भएकाेमा सम्मानित गर्न लागिएकाे हाे ।

यस वर्ष सर्वाेच्च मानपदवी ‘नेपाल रत्न’भने कसैलाइ प्रदान नगरिने जनाइएकाे छ । जनसेवा, राष्ट्रको गौरव बढाउने कार्य, उन्नति र कीर्तिमानी काम गरेर महत्वपूर्ण योगदान दिने व्यक्तित्वहरूलाई सरकारले विभूषण प्रदान गर्दै आएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!