आजदेखि IPL शुरू हुँदै, अघिल्लो सिजनको फाइनल भिडेकाहरु भिड्दै

Posted on: 19 Sep, 2020

असोज ३, काठमाडौँ | भारतको प्रतिष्ठित क्रिकेट प्रतिष्पर्धा आईपीएल आजदेखि युएईमा सुरु हुँदैछ । आज बेलुका नेपाली समय अनुसार ६:१५ बजेदेखि यस सीजनको पहिलो म्याच मुम्बई इन्डिइन्स (MI) र चेन्नई सुपर किंग्स (CSK) बीच हुँदैछ । यो खेल आज युएईको आबुधाबीको शेख जायद स्टेडियममा हुँदैछ । 

खेल अघि मुम्बईका कप्तान रोहित शर्माले महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नईबिरुद्ध खेल्न मन पर्ने बताएका छन् । आईपीएलको पछिल्लो सीजनमा यी दुई टिमबीच नै फाइनल खेल भएको थियो, जसमा मुम्बईले जीत हासिल गरेर चौथो पटक आईपीएलको ट्रफी कब्जा गर्न सफल भएको थियो । 


आईपीएल सिजनको पहिलो खेलमा अघिल्लो सिजनको फाइनल खेलेमा हारेको बदला लिने दाउमा चेन्नई रहेको भारतीय संचारमाध्यमहरुले समाचार लेखेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!