हैदराबादमाथि पन्जाबको नाटकीय जित, कुन टिम कतिऔ स्थानमा ?

Posted on: 25 Oct, 2020

कात्तिक ९, एजेन्सी | इन्डियन प्रिमियर लिग (आइपिएल) को सिजन १३ अन्तर्गत ४३ औं खेलमा शनिबार बेलुका भएको खेलमा सनराइजर्स हैदराबादमाथि किंग्स इलेभेन पन्जाबले १२ रनले पराजित गरेको छ ।

जितको लागि १ सय २७ रनको विजयी लक्ष्य पछ्याएको हैदराबाद १९.५ ओभरको खेलमा १ सय १४ रन बनाएर अल आउट भएपछि पन्जाबले महत्वपूर्ण २ अंक जोडेको छ । 

हैदराबादले अन्तिम १५ रन जोड्न ७ विकेट गुमाएपछि खेलमा पराजित हुन पुगेको हो । हैदराबादलाई जितको लागि अन्तिम १२ बलमा १७ रन चाहिँएको अवस्थामा १९ औं ओभरको खेलमा क्रिस जोर्डनले ३ रन खर्चेर २ विकेट लिएका थिए । 

अन्तिम ओभरमा हैदराबादलाई जितको लागि थप १४ रन मात्र चाहिँएको थियो । तर अर्शदीप सिंहले सुरुवाती ५ बलमा १ रन खर्चेर थप ३ विकेट लिएर महत्वपूर्ण जित पक्का गराएका थिए । 


यस्तो छ अंक तालिका

आईपीएलको जारी सिजनमा मुम्बई १० खेलमा ७ मा जित र ३ मा हार सहित १४ अंकका साथ शीर्षस्थानमा छ । त्यस्तै समान अंकमा दिल्ली क्यापिटल्स दोश्रो स्थानमा छ । उसले ११ खेलमा ७ मा जित र ४ मा हार व्यहोरेको छ । त्यस्तै बेंगलोर १० खेलमा ७ जित निकाल्दै ३ हार सहित तेस्रो स्थानमा छ ।

त्यस्तै कोलकाता ११ खेलमा ६ खेल जित्दै १२ अंक सहित चौथो स्थानमा छ । खेलमा पन्जाब ११ खेलमा ६ मा हार सहित १० अंक पाएर पाँचौं स्थानमा छ । त्यस्तै सनराइजर्स हैदराबाद ११ खेलमा ७ मा हार र ४ मा जित सहित छैटौं स्थानमा पुगेको छ । राजस्थान ११ खेलमा ७ मा हार र ४ मा जित सहित सातौं स्थानमा पुगेको छ । चेन्नई सुपर किंग्स ११ खेलमा ८ मा हार र ३ मा जित सहित पुछारमा छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!