म्युनिख लिगा फुटबलको दोस्रो स्थानमा

Posted on: 12 Sep, 2021

न्युज कारखाना | भदौ २७, इटाली | जर्मन बुन्डेस लिगा फुटबलमा बायर्न म्युनिख सहज जितसँगै दोस्रो स्थानमा उक्लिएको छ । शनिबार रातिको खेलमा बायर्नले आरबी लाइपजिगलाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।

पहिलो हाफमा  बायर्नले १ गोल गर्दा दोस्रो हाफमा कुल ४ गोल भएका थिए ।  भ्रमणकारी टोलीका स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले १२औँ मिनेटमा पेनाल्टीबाट गोल गर्दै बायर्नलाई  सुरुवाती अग्रता दिलाएका थिए ।

खेलको ४७औँ मिनेटमा जमल मुसिआलाले गोल गरे । ५४औँ मिनेटमा लोरी सानेले गोल गर्दै बायर्नलाई ३-० को अग्रता बनाए । लाइपजिगका कोर्नार्डले ५८औँ मिनेटमा गोल गर्दै अंक दूरी ३-१ मा झारे । 

तर, थपिएको समयमा एरिक म्याक्सिमले गोल गर्दै बायर्नलाई ४-१ को जित दिलाए । जितसँगै बायर्नले चार खेलमा १० अंक जोडेको छ । बायर्न दोस्रो स्थानमा उक्लिएको हो ।

लाइपजिग तीन अंक जोडेर १३औँ स्थानमा छ । बुण्डेस लिगामा उल्सबर्ग चार खेलबाट शतप्रतिशत जित निकाल्दै शीर्ष स्थानमा छ । 

अन्य खेलमा बोरुसिया डर्टमुण्डले रोमाञ्चक खेलमा बायर्न लेभरकुसेनलाई ४-३ ले पराजित गरेकाे छ । डर्टमुण्डको जितमा एर्लिङ हालान्डले दुई गोल गरे ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!