वल्र्डलिंकले ल्यायो वल्र्ड कप झक्कास् योजना, इन्टरनेट किन्दा सित्तैमा नेट टिभी पाइने

Posted on: 27 May, 2018

चैत्र १३,काठमाडौं– विश्वकप फुटबल २०१८ नजिकिएका बेला वल्र्डलिक कम्युनिकेसन्स प्रा.लि.ले इन्टरनेट किन्दा निशुल्क नेट टिभी पाउने “बिस तिस पच्चास वल्र्डकप झक्कास्” नामक प्याकेज योजना ल्याएको छ । यस्तो प्याकेज किन्ने फुटवल प्रेमीले १२ महिनासम्म निशुल्क नेटटिभी पाउनसक्नेछन् । नेटटिभीबाट ग्राहकहरुले फूल हचडी च्यानलबाट वल्र्डकप खेल हेरेर आनन्द लिन सक्ने छन् ।

वल्र्डलिंकको झक्कास् प्याकेज खरिद गर्दा २०, ३० र ५० एमबिपिएसको द्रुत गतिको अनलिमिटेड इन्टरनेटका साथै ५५ भन्दा बढी एचडी च्यानल र १३५ भन्दा बढी एसडी च्यानल भएको नेटटिभि निशुल्क पाउन सकिन्छ ।

एकबर्षको प्याकेज खरिद गर्दा रु.५०० डिपोजिटको साथमा सेट टप बक्सको भाडा स्वरुप २५०० रुपैयाँ भुक्तानी गर्नुपर्छ । त्यस्तै ६ महिनाको प्याकेज खरिद गर्दा ५०० रुपैयाँ डिपोजिट र सेट टप बक्सको  १००० रुपैयाँ भुक्तानी गर्नु पर्छ । पहिल्यै वल्र्डलिंकको ग्राहक भएकाहरुलाई समेत नेटटिभिको अबसरको रुपमा रहेको छ । यस्तै नेटटिभी बाहेकका प्याकेजहरु खरिद गर्न एक महिनाको ३५० रुपैयाँ, ६ महिनाको १००० रुपैयाँ र एक बर्षको ३४०० रुपैयाँ भुक्तानी गर्नुपर्ने हुन्छ ।

वल्र्डलिंक नेपालमा दु्रत गतिको इन्टरनेट, आइपि टिभी (नेटटिभी) र डाटा सेवा प्रदायक संस्था हो । यसले मुलुकका ६५ भन्दा बढी जिल्लामा २ लाखभन्दा बढी सन्तुष्ट ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरिरहेको छ ।   


 


 

यस बिषयमा तपाइको प्रतिक्रिया...!