गेम खेलिरहेको मोबाइल पड्किँदा ८ वर्षीय बालकको हातका औंलाहरु अचानक भुँइमा झरे !

Posted on: 15 Feb, 2019

भारतमा ८ वर्षीय बालकले खेलिरहेको मोबाइल हातमा नै पड्किएको घटना सार्वजनिक भएको छ । उक्त घटना भारतको महाराष्ट्र जिल्लाको मुखेडमा घटेको हो । उक्त घटनापछि बच्चाको औंला हातबाट छुट्टिएका छन् । बच्चाका पिता श्रीपत जाघवले टिभीमा विज्ञापन देखेपछि IKall K72 फिचर फोन मगाएका थिए । उनले १५ सय भारुमा यस्ता तीन फोनसँगै घडी पनि पाएका थिए । यो फोनको एमेजनमा मूल्य तीन सय ९ भारु तोकिएको छ ।

यसरी भयो दुर्घटनाः

८ वर्षका प्रशान्त IKall K72 फोनमा गेम खेलिरहेका थिए । अचानक फोन पड्कियो र प्रशान्तको हातका औंलाहरु भुँइमा झरे । यो दुर्घटना पछि एक भारतीय मिडियाले मुम्बईको आइटी विज्ञ मंगलेश एलियासँग कुराकानी गरेको थियो । उनले फोनमा बिस्फोट हुनुका विभिन्न कारणबारे जानकारी दिएका छन् ।

१. मंगलेशका अनुसार अनलाइनमा पाइने सस्ता फोनको बिल्ट क्वालिटी एकदमै खराब हुन्छ । यस्ता फोनमा प्रयोग हुने हार्डवेयरका सामग्री जस्तै मदरबोर्ड, –याम, ब्याट्रि गुणस्तरहीन हुन्छन् । कम पैसामा उत्पादन गर्नका लागि यस्ता सामग्रीको प्रयोग गरिन्छ । त्यसकारण यस्ता उपकरण निकै खतरनाक साबित हुन्छन् ।

२. यदि फोनको ब्याट्रिको बिल्ट क्वालिटी खराब छ भने त्यो प्रयोग गर्दा र चार्जको क्रममा निकै तात्तिन्छ । त्यसकारण ब्याट्रि फुल्न थाल्छ । एक समयपछि जब यसलाई चार्ज गरिन्छ तब यसले पावर नियन्त्रण गर्न सक्दैन जसका कारण यो बिस्फोट हुने सम्भावना अत्यधिक हुन्छ ।

३. यदि तपाईंको फोनको मेमोरी र –याम कम छ र त्यसको मेमोरी फुल छ भने तब प्रयोग गर्दा यो तात्न थाल्छ । फोन जब प्रयोग गरिन्छ तब टेम्पररी फाइल बन्ने गर्छन । जब यी फाइलले स्पेस पाउँदैनन् तब फोन ह्यांग हुन्छ साथै ब्याट्रिमा पनि यसको लोड जान्छ ।

ब्याट्रि पड्किने बेला देखिन सक्छ यस्ता तीन संकेतः

१. फोनको स्क्रिन ब्लर हुनु वा स्क्रिन पूरै कालो हुनु

२. फोन पटक–पटक ह्यांग हुनु र प्रोसेसिङ स्लो हुनु

३. थोरै कुराकानीमा पनि फोन अत्यधिक तात्नु

खराब ब्याट्रि बारे कसरी थाहा पाउने ?

१. ब्याट्रिलाई एउटा टेबलमा राख्नुहोस् । त्यसपछि घुमाएर हेर्नुहोस् । यदि ब्याट्रि फूलेको छ भने यो बेस्सरी घुम्छ । यो प्रयोग नगर्नुहोस् ।

२. यस्तै जुन स्मार्टफानेमा इनबिल्ट ब्याट्रि हुन्छ त्यसलाई तात्तेको हिसाबले नै पहिचान गर्न सकिन्छ । फोन निकै तात्तिरहेको छ भने मोबाइल पसलमा लगेर देखाउनुहोस् ।

३. ब्याट्रि कहिले पनि पूर्ण रुपमा सिद्धिन नदिनुहोस् । ब्याट्रिमा अलिकति पनि चार्ज छैन भने यो चार्ज हुन धेरै पावर लाग्छ । यसले पनि बिस्फोट हुन सक्छ । २० प्रतिशत ब्याट्रि हुँदा नै फोन चार्ज गर्नुहोस् ।

यी गल्तीबाट पनि बच्नुहोस्ः

१. नक्कली चार्जर, नक्कली ब्याट्रिको प्रयोग कहिले पनि नगर्नुहोस् । जुन ब्रान्डको फोन प्रयोग गरिरहनुभएको छ, त्यसैको चार्जर प्रयोग गर्नुहोस् ।

२. पानीमा भिजेको फोनलाई चार्जमा नराख्नुहोस् । फोन चार्ज गर्नेबेला प्रयोग नगर्नुहोस् ।

३. ब्याट्रि बिग्रिएको छ भने त्यसलाई फ्रेश ब्याट्रिले तत्काल एक्सचेन्ज गर्नुहोस् ।

४. फोन मज्जाले तात्तेको छ भने फोन नगर्नुहोस् ।

५. मोबाइललाई शत प्रतिशत चार्ज नगर्नुहोस् । यदि तपाईं शत प्रतिशत फोन चार्ज गर्नुहुन्छ भने यसले ब्याट्रि खराब हुने खतरा पनि बढ्छ । मोबाइलको ब्याट्रि ८० देखि ८५ प्रतिशत चार्ज गर्नु सही मानिन्छ ।

६. रातभरी मोबाइल चार्जिङमा राखेर छोड्दा ब्याट्रि चाँडै नै खराब हुन्छ । यसो गर्दा मोबाइलको परफर्मेन्समा पनि नराम्रो असर पर्न सक्छ ।

७. मोबाइललाई ओरिजिनल चार्जरबाट चार्ज नगर्दा मोबाइलको ब्याट्रि क्रमशः खराब हुनथाल्छ । साथै, चार्जिङ स्पिड पनि निकै कम हुन्छ ।

८. मोबाइललाई कुनै पनि तातो स्थानमा राखेर चार्ज गर्दा ब्याट्रि तीब्र रुपमा तातो हुन थाल्छ । यस्तो पटक–पटक गर्दा ब्याट्रि र मोबाइल चाँडै नै खराब हुने आशंका बढ्छ । एजेन्सीबाट 

यस बिषयमा तपाइको प्रतिक्रिया...!