धेरै केरा खानुहुन्छ ? सावधान ! मुटु बन्द होला... दिनमा कतिवटासम्म खान मिल्छ ?

Posted on: 20 Sep, 2018

टिप्स:- केरा स्वास्थ्यको लागी फाइदाजनक छ यो कुरा हामी सबैलाई थाहा छ | तर एकैचोटि धेरै केरा खाँदा स्वास्थ्यलाई नकारात्मत असर गर्छ । एकचोटिमा ६ भन्दा बढी केरा खाँदा ज्यानलाई खतरा पर्छ भनिन्छ तर यो कत्तिको वास्तविक कुरा हो ? 

केरा वास्तवमा भिटामिन र मिनरलहरू भएको गुणकारी फल हो । स्वास्थ्यका लागि यो वरदान नै हो । 

केरामा पोटेसियमको मात्रा अत्यधिक हुन्छ । आवश्यकताभन्दा बढी पोटेसियमले स्वास्थ्यलाई हानि गर्छ । 

लन्डनमा बस्ने पोषणविद् क्याथरिन कोलिन्सका अनुसार, पोटेसियम शरीरको हरेक कोशिकामा उपलब्ध हुन्छ किनकि यो जीवनका लागि आवश्यक तत्त्व हो । 

उनका अनुसार, केराले मुटुको ढुकढुकीलाई सन्तुलित राख्न सहायता गर्छ । शरीरमा इन्सुलिनको मात्रालाई सही राखेर रगतमा चिनीलाई नियन्त्रण गर्ने काम पनि यसले गर्छ । केरा खाँदा रक्तचाप पनि नियन्त्रणमा रहन्छ । 

तर शरीरमा पोटेसियमको मात्रा धेर वा कम भएमा मुटुको ढुकढुकी बिग्रन सक्छ । यसले पेटमा पीडा गराइदिन्छ । 

अमेरिकामा पोटेसियम क्लोराइड नामक रसायन इन्जेक्सनमार्फत पनि मानिसलाई दिइन्छ । शरीरमा यसको अधिक मात्रा भएमा हृदयघात हुने सम्भावना रहन्छ । 

क्याथरिन कोलिन्सका अनुसार, केरा खाँदा कहिले पनि शरीरमा पोटेसियमको स्तर बढ्दैन । दिनभरि ४०० केरा खाएमा मात्र पोटेसियमको अधिक मात्रा भएर मुटु बन्द हुन्छ । तर दिनमा ४०० केरा कसैले खाँदैन । 

अमेरिकाको राष्ट्रिय स्वास्थ्य सेवाका अनुसार, व्यक्तिलाई दिनभरिमा ३५ सय मिलिग्राम पोटेसियम आवश्यक हुन्छ । एउटा केरामा लगभग ४५० मिलिग्राम पोटेसियम हुन्छ । अर्थात् एक व्यक्तिले दिनभरिमा सातवटासम्म केरा खाँदा हुन्छ ।

स्वास्थ्यविज्ञहरूले मिर्गौलाका रोगीले पोटेसियम अधिक भएका खानेकुराबाट टाढा रहने सल्लाह दिने गरेका छन् । एजेन्सी 

यस बिषयमा तपाइको प्रतिक्रिया...!