यस्तो युवतीसँग प्रेम गर्नुस् जसको नामको पहिलो अक्षर A,B,G,M,P वा T होस्, यस्तो छ कारण

Posted on: 21 Jun, 2019

एजेन्सीको सहयोगमा | प्रेम अपनत्वको भाव हो । "प्रेम" मजबूत स्नेहको एक भावना र व्यक्तिगत लगाव हो । केही युवतीहरु युवकको अनुहार हेरेर नै प्रेममा पर्छन् भने कोही युवतीहरु भने सोच विचार गरेर मात्रै प्रेम गर्छन । प्रेमदेखि विवाहसम्म र भविष्य पनि सोचेर प्रेम गर्ने युवतीहरु आफैमा बौद्धिक हुन्छन् । उनीहरुलाई समझदार मानिन्छ तर, पहिला नजरमा नै प्रेममा पर्ने युवतीहरु कस्ता हुन्छन् होला ? उनीहरुको स्वभाव कस्तो हुन्छ ? र उनीहरुको प्रेम कति समयसम्म टिक्छ त ? आउनुहोस् जानौं, पहिलो नजरमा नै प्रेममा पर्ने युवतीहरुको बारेमा । 

A नामका युवती 

जुन युवतीको नामको पहिलो अक्षर A हुन्छ, त्यस्ता युवतीहरुको स्वभाव इमोशनल हुन्छ । यिनीहरु कुनै युवकको अनुहार हेरेर नै प्रेममा पर्छन् । यस्ता युवतीहरु छिट्टै पार्टनरलाई विश्वास गर्छन् । ‘एक्स्ट्रा केयरिङ’ प्रकृतिका यस अक्षरवाली युवती जीवनभरी पार्टनरको साथ छोड्दैनन् । यस्ता युवतीहरुसँग प्रेम गर्ने युवाहरु भाग्यमानी हुन्छन् ।  

B नामका युवती

जुन युवतीको नामको पहिलो अक्षर B हुन्छ, त्यस्ता युवतीहरु संवेदनशील हुन्छन् र, छिट्टै प्रेममा पर्छन् । उनीहरु आफ्नो साथीको बानीको बारेमा भने सचेत हुन्छन् । आफूले आशा गरेजस्तो नभएमा बिना साथी रहन पनि स्वीकार गर्छन् । 

G नामका युवती

जुन युवतीको नामको पहिलो अक्षर G हुन्छ, त्यस्ता युवतीहरु छिट्टै प्रेममा पर्छन् । यस्ता युवतीहरु पहिलो नजरमै प्रेममा परे पनि यिनीहरुको प्रेममा कुनै खोट हुँदैन । यस्ता युवतीहरु साँचो प्रेम गर्छन् । यिनीहरु जस्तोसुकै कठिन परिस्थितीमा पनि आफ्नो प्रेमीलाई जीन्दगीभर साथ दिन्छन् । 

M नामका युवती

जुन युवतीको नामको पहिलो अक्षर G हुन्छ,  त्यस्ता युवतीहरु दिलवाली हुन्छन् । यिनीहरु अरुको तुलनामा छिट्टो प्रेममा पर्छन् । यस्ता युवतीहरु साँचो प्रेम गर्छन् । यिनीहरु जस्तोसुकै कठिन परिस्थितीमा पनि आफ्नो प्रेमीलाई छाड्न सक्दैनन् । 

P नामका युवती

जुन युवतीको नाम P बाट सुरु हुन्छ, त्यस्ता युवतीहरु आफ्नो पार्टनरलाई कहिल्यै धोका दिँदैनन् । यद्यपि, यिनीहरुले कहिल्यै साँचो प्रेम पाउँदैनन् । प्रेम विवाहमा विश्वास गर्ने यस्ता युवतीहरु छिट्टै प्रेममा पर्छन् ।  

T नामका युवती

T बाट आफ्नो नाम सुरु हुने युवतीहरु पनि छिट्टै प्रेममा पर्छन् तर व्यक्त गर्नलाई हिच्किचाउँनाले अलि बढी प्रेम संघर्षमा पर्छन् । तर यिनीहरु आफ्नो प्रेम पाउनको लागि जे पनि गर्न तयार हुन्छन् । यिनीहरु पनि आफ्नो प्रेमीलाई जीन्दगीभर छोड्न चाहदैनन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!