मुख धुदा ख्याल नगरे अनुहार नै बिग्रने खतरा ! अप्नाउनुस यी कुराहरु

Posted on: 15 Sep, 2019

एजेन्सी | मानिसको पहिलो परिचय उसको अनुहार हो | अनुहार राम्रो भएको व्यक्ति सबैको नजरमा पर्छ । यदी अनुहारमा कुनै दाग वा खत भए पनि उ सबैको नोटिसमा पर्छ | यस्तो संवेदनशील भाग अनुहार दैनिक सफा गर्नुपर्छ । तर थोरै असावधानीले अनुहारमा हानी पनि पुग्नसक्छ । त्यसैले अनुहारलाई जोगाइराख्न तपाईले थोरै सावधानी अपनाउनै पर्छ ।

बिहानै सबेरै उठेपछि सबैको मुखधुने बानी हुन्छ । यो राम्रो हो । तर अनुहारलाई अझ राम्रो, मुलायम र सफा बनाउन मुख धुने बेलामा धेरै ख्याल गर्न आवश्यक छ ।

मुख धुदा ख्याल गर्नुपर्नेकुराहरु निम्न छन् |

१ मुख हल्का मन तातो पानीले धुनुपर्छ ।

२. अनुहारको छाला धेरै नै नरम हुने भएकाले बढी रगेडिएमा असर पर्छ ।

३. मुख धोएपछि नरम र सफा कपडाले अनुहार पुछ्नु पर्छ । पुछ्दा पनि धेरै रगेड्नु हुँदैन ।

४. अनुहारको मसाज राम्रो मानिएपनि राम्रो र फाइदा गर्ने तेलको प्रयोग गर्नुपर्छ ।

५. हतारमा सफा र मसाज गर्नु हुँदैन । ध्यान दिएर अनुहारको सफाइ गर्नुपर्छ ।

६. अनुहारमा असर गर्ने उत्पादन जतिसुकै आकर्षक भएपनि प्रयोग गर्नु हुँदैन ।

७. फेसवास अथवा साबुन पानीले धुदा धेरै रगेड्नु हुँदैन ।

८. अनुहार सफा गरेपछि त्वचा सुख्खा नहोस् भन्नका लागि मोइस्चराइजिङ क्रिम लगाउनु राम्रो मानिन्छ ।

९. अनुहारमा लगाउने क्रिम वा कुनै उत्पादन छालाको प्रकृति अनुसार मिल्ने खालको हुनुपर्छ ।

१०. अनुहारलाई हानी पुर्‍याउने क्लिनरको कहिल्यै प्रयोग गर्नुहुँदैन । जसले तपाइको अनुहार चम्किलो बनाउ छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!