सार्वजनिक प्रशासनमा पर्यावरणीय प्रभावका सकारात्मक पक्षहरु

Posted on: 30 Sep, 2020

दामोदर रेग्मी। असोज १४, काठमाडौं । सार्वजनिक प्रशासनका पर्यावरणीय पक्षहरुमा आउने परिवर्तनहरुले सार्वजनिक प्रशासनको कार्यशैली, व्यवहार, प्रक्रिया, सेवा प्रवाहको सुनिश्चितिता र सेवाको गुणस्तर को प्रत्याभूति जस्ता क्षेत्रहरूमा पनि सकारात्मक परिवर्तनको अपेक्षा राखेको हुन्छ ।

सार्वजनिक प्रशासन सरकारको सेवा प्रवाहको एक महत्वपूर्ण र आवश्यकीय संयन्त्र हो सरकार र जनता विचको दरिलो र स्थायी सम्पर्क सुत्रको रूपमा रहेको सार्वजनिक प्रशासन सरकारको स्थायी संयन्त्र विषयगत विज्ञता, कार्यगत विशिष्टताले युक्त हुन्छन् । समय, शिक्षा, प्रविधिको परिवर्तन संगै राजनितिक र शासकीय आयामहरु धेरै परिवर्तन हरू आउछन् र  यी परिवर्तन हरूले स्वभावत सार्वजनिक प्रशासनमा पनि परिवर्तनका धेरै दवावहरू सिर्जना गर्दछन् । यस्ता दवावहरूले सार्वजनिक प्रशासनको भूमिका परिवर्तित सन्दर्भमा वा विद्यमान पर्यावरणीय सन्दर्भमा अझै प्रभावकारी हुनुपर्ने विषयमा जोड दिने गर्दछ  ।


सार्वजनिक प्रशासन राज्यद्वारा जनता समक्ष प्रतिवद्दता गरिएका उद्देश्यहरुको परिपुर्तिको लागि निरन्तर रूपमा दत्त चित्त, तयारी अवस्थामा रहनु पर्ने र सक्रिय रहनुपर्ने अंग हो । जसरी समयको परिवर्तन भएको छ तदनुरूप जनताको व्यक्तिगत तहमा आशा र अपेक्षा वृद्धि भएको हुन्छ र त्यो आशा र भरोसा सरकार तर्फ लक्षित रहेको हुन्छ अन्तत ः सरकार तर्फ लक्षित जनताको आशा र अपेक्षा पुरा गर्नु पर्ने दायित्व सार्वजनिक प्रशासनमा सर्न पुग्दछ । त्यसैले सार्वजनिक प्रशासनका पर्यावरणीय पक्षहरुमा आउने परिवर्तनहरुले सार्वजनिक प्रशासनको कार्यशैली, व्यवहार, प्रक्रिया, सेवा प्रवाहको सुनिश्चितिता र सेवाको गुणस्तर को प्रत्याभूति जस्ता क्षेत्रहरूमा पनि सकारात्मक परिवर्तनको अपेक्षा राखेको हुन्छ ।सार्वजनिक प्रशासनमा प्रभावका क्षेत्रहरुमा राजनैतिक, सामाजिक परिवेश र सामाजिक मुल्य मान्यता, आर्थिक उदारीकरण प्रविधिको प्राधान्यता, गैर राज्यीय सहकर्ताहरुको उदय सरकारको पुनः आविष्कारको अवधारणाको उदय जस्ता पक्षहरु प्रमुख छन् । 

प्रजातान्त्रिक शासन प्रणालीले ल्याएको अर्को परिवर्तन शासकीय सहकर्ताहरुको प्रवेश पनि हो । यस सन्दर्भमा सार्वजनिक प्रशासन निजी क्षेत्र, सामुदायिक संस्थाहरु, सहकारी जस्ता सहकर्ता हरुसंग मिलेर काम गर्नुपर्ने भएको छ ।

देश विशेषको राजनैतिक प्रणाली को प्रभाव सर्वत्र परेको हुन्छ र यसको झझल्को दिने प्रमुख अंग नै सार्वजनिक प्रशासन हो । राजनैतिक प्रणालीको उदारता र अनुदारताको आधारमा सार्वजनिक प्रशासनको पारदर्शिता र उत्तरदायिताको तह निर्धारण हुने गर्दछ  । तटस्थ र प्रतिबध्द प्रशासन यस सन्दर्भको सामयिक अवश्यकता हो। 

प्रणालीमा आएको परिवर्तनलाई ग्रहण गर्न सक्ने शक्तिले  सार्वजनिक प्रशासनमा सकारात्मक परिवर्तन ल्याइदिन्छ भने नकारात्मक परिवर्तनको सामना गर्न सक्ने शक्तिले सार्वजनिक प्रशासन थप सकारात्मक बन्न पुग्दछ

प्रजातान्त्रिक परिपाटिको शुरुवात संगै आर्थिक उदारीकरणको विषय प्रखर रूपमा अगाडी वढेको छ । यसले प्रतिस्पर्धा, गुणस्तरता, निजी क्षेत्रको सहभागिता, व्यवस्थापनवाद, कम लागतमा वढी उत्पादकत्व जस्ता विषयलाई जोड दिएको छ । आर्थिक मान्यतामा आएको यो लहरबाट सार्वजनिक प्रशासन प्रभावित हुनु स्वभाविकै हो । यसबाट सार्वजनिक प्रशासन चुस्त, दुरूस्त, प्रभावकारी, जनमुखी बन्नुपर्ने कुरामा जोड दिएको छ ।

समाज विविधताको सम्मिश्रण हो । जात, संस्कृति, परम्परा, रीतिरिवाज समाजका मिश्रीत परिचायक हुन् । समाजको यो विम्वको प्रभाव सार्वजनिक प्रशासनमा परेको हुन्छ किनकी सार्वजनिक प्रशासन समाज कै एक सह उत्पादन हो । राजनैतिक आर्थिक परिवर्तनले सामाजिक मुल्य मान्यतामा समेत परिवर्तन ल्याउछ । समाजको वनोट त्यसको चरित्र यसले अंगालेको संस्कृति र चाल चलन अनूरूप सार्वजनिक प्रशासन पनि चल्नुपर्ने हुन्छ । समावेशी प्रशासन, सरकारी कामकाजमा क्षेत्रविशेषको भाषाको प्रयोग, सामाजिक परिवेशको आधारमा सार्वजनिक विदा जस्ता विषयहरु यस अन्तरगत पर्दछन् । समावेशिताको यो व्यवहारिक प्रयोग सार्वजनिक प्रशासनको संरचनालाई समावेशी वनाउने विषय संग मात्र सम्बन्धित छैन कि यसको कार्यशैली, व्यवहार र सोचमा पनि समावेशीपन हुनु पर्ने विषय संग पनि त्यत्तिकै मात्रामा सम्बन्धित छ । 

देश विशेषको राजनैतिक प्रणाली को प्रभाव सर्वत्र परेको हुन्छ र यसको झझल्को दिने प्रमुख अंग नै सार्वजनिक प्रशासन हो । राजनैतिक प्रणालीको उदारता र अनुदारताको आधारमा सार्वजनिक प्रशासनको पारदर्शिता र उत्तरदायिताको तह निर्धारण हुने गर्दछ  । तटस्थ र प्रतिबध्द प्रशासन यस सन्दर्भको सामयिक अवश्यकता हो। 

प्रविधिको प्रयोगमा आएको व्यापकता लाई सार्वजनिक प्रशासनले अवलम्वन गर्नुपर्ने स्थिति सिर्जना गर्नु पर्ने भएको छ । यसका लागि विद्युतीय शासन, अनलाईन सेवा प्रवाह, अनलाईन गुनासो प्रकट गर्ने प्रणाली, कागजातको न्यून प्रयोग, सेवा प्रवाहको लागि सम्पर्क विन्दुहरूको न्यूनिकरण, विद्युतीय भुक्तानी प्रणाली आदि विधिहरू प्रयोगमा आएका छन । यसले एकातर्फ सेवा प्रवाहको प्रभावकारीतामा जोड दिएको छ भने अर्को तर्फ पारदर्शिता र उत्तरदायित्वमा वृद्धि ल्याएको छ । 

प्रजातान्त्रिक शासन प्रणाली ले ल्याएको अर्को परिवर्तन शासकीय सहकर्ताहरुको प्रवेश पनि हो । यस सन्दर्भमा सार्वजनिक प्रशासन निजी क्षत्र, सामुदायिक संस्थाहरु, सहकारी जस्ता सहकर्ता हरु संग मिलेर काम गर्नुपर्ने भएको छ । सहकर्ताहरुको उपस्थितिले सार्वजनिक प्रशासन वढी सिर्जनशील, समन्वयकारी र सहभागितामूलक हुनु पर्ने अवस्थाको सिर्जना गराएको छ । 

प्रजातान्त्रिक परिपाटिको शुरुवात संगै आर्थिक उदारीकरणको विषय प्रखर रूपमा अगाडी वढेको छ । यसले प्रतिस्पर्धा, गुणस्तरता, निजी क्षेत्रको सहभागिता, व्यवस्थापनवाद, कम लागतमा वढी उत्पादकत्व जस्ता विषयलाई जोड दिएको छ ।

सार्वजनिक प्रशासनमा पर्ने आन्तरिक र वाह्य प्रभावको सन्दर्भमा सरकारको कार्यशैली र प्रवृत्तिमा आयामिक परिवर्तन ल्याउनु पर्ने र अवको प्रशासन वढी प्रभावकारी, नतीजाउन्मुख, व्यवसायिक  र जनमैत्री हुनुपर्ने मान्यता राख्दै सरकार वा नवीन सार्वजनिक प्रशासनका देहाय वमोजिमका गुणहरु हुनु पर्ने मान्यता राख्दै प्रशासनिक परिपाटीको पुनः परिमार्जजन हुनु पर्नै आवश्यकता ओस्बर्न र ग्याब्लर ले राखैका छन । यी मान्यताहरु परिवर्तित पर्यावरणीय परिवेशमा अझै सान्दर्भिक छन् । यस सन्दर्भमा सरकार उत्प्रेरकको भूमिकामा प्रखर हुनु आवश्यक छ । 

वदलिदो परिवेशले शासकीय आयामहरुमा परिवर्तन ल्याएको छ र सार्वजनिक प्रशासनवाट उत्पादकत्व क्षमता र गुणस्तरता को  अपेक्षा हुनु स्वभाविकै हो । यस सन्दर्भमा सरकारले  पनि आफ्नो क्षमता अर्थात सार्वजनिक प्रशासनको क्षमता अनुरुप सरकारको प्राथमिक आवश्यकतामा पर्ने पर्ने विषयको दायरामा आफूलाई सीमीत गर्ने र सो क्षेत्रमा आफ्नो क्षमता वा बलको सुदृढीकरण गर्ने रणनीति लिनु पर्दछ । आफ्नो क्षमता कम भएका क्षेत्रहरु राज्यको प्रारम्भिक प्राथमिकतामा नपर्ने अन्य सहकर्ताहरुको विज्ञता परिचालन गर्न सक्दछ ।  

सार्वजनिक प्रशासनमा पर्ने आन्तरिक र वाह्य प्रभावको सन्दर्भमा सरकारको कार्यशैली र प्रवृत्तिमा आयामिक परिवर्तन ल्याउनु पर्ने र अवको प्रशासन वढी प्रभावकारी, नतीजाउन्मुख, व्यवसायिक  र जनमैत्री हुनुपर्दछ ।

सार्वजनिक प्रशासन समग्र प्रणालीको एक उप प्रणाली भएकोले समग्र प्रणालीका क्रियाकलाप, परम्परा , अभ्यास, मान्यताहरुको प्रत्यक्ष वा परोक्ष प्रभाव सार्वजनिक प्रशासनमा पर्नु स्वभाविकै हो । प्रणालीगत प्रभावहरु सार्वजनिक प्रशासनमा प्रशासनिक मान्यताहरुमा , प्रक्रियागतरुपमा  र प्रशासकहरुको वानी व्यहोरा र चरित्रमा गरी तीन रुपमा प्रभावित हुने गर्दछ । प्रणालीमा आएको परिवर्तनलाई ग्रहण गर्न सक्ने शक्तिले  सार्वजनिक प्रशासनमा सकारात्मक परिवर्तन ल्याइदिन्छ भने नकारात्मक परिवर्तनको सामना गर्न सक्ने शक्तिले सार्वजनिक प्रशासन थप सकारात्मक बन्न पुग्दछ । सकारात्मक परिवर्तनलाई परिवर्तनको मर्म अनुरुप ग्रहण गर्न नसक्दा वा नकारात्मक परिवर्तनको समना गर्न नसक्दा सार्वजनिक प्रशासनले थप नकारात्मक परिणति भोग्नु पर्दछ । 

(प्रशासन र संघीयताका विषयका विश्लेषक दामोदर रेग्मी साझासबाल डट कमका नियमित लेखक हुन् ।)


यस बिषयमा तपाइको प्रतिक्रिया...!