"आउदैन समृद्धि"

Posted on: 08 Jun, 2021

 कविता

"आउदैन समृद्धि"

-राज कुमार कार्की 


निकाल्दैछन् चुरेमा ढुङ्गा बालुवा गिट्टी 

नेपाल आमा रुदैछिन छाती पिटीपिटी।


बनिदैछ है अब त  तराई पनि मरुभूमि

खन्दैछ्न् डोजरहरु चारैतिर घुमीघुमी।


बेचिदैछन्  आमाको छाती टुक्राटुक्रा काटेर 

कहिले सम्म टिक्छौ नै होला  अब त ढाँटेर।


स्वाद लिदैछन् यिनैले चाटेर अब त रछ्यान!

आनन्दले सुक्ला हुनुहुन्छ लगाएर ओछ्यान।


रुदैछिन नेपाल आमा आँसुका धारा झारेर

के यो देश समृद्धि होला आमालाई मारेर?


आमा लिलाम गरि पुरा गर्ने रे व्यापार घाटा!

निर्दयी मुटु रहेछ तिम्रो  कसरी गरेउ  आँट।


सम्पन्न  बन्ला त देश आमालाई   लिलाम  गरेर

कस्तो गणतन्त्र आयो जनता बस्ने आवज मारेर।


बन्दैछ  है  अब त तराईको  जमिन मरुभूमि

कुद्नेछन् यहाँ पानी जहाज मनोरेल घुमीघुमी।


दैनिक सधै मूल्य वृद्धि हुन्छ फेरि यहाँ तेलको

छकछक आवाज आउदैछ कानमा मनोरेलको।


आउदैन समृद्धि देशमा आमाको छाती चिरेर

छोपिदैन राष्ट्रवाद अनुहारमा मुखुण्डो भिरेर।।


यस बिषयमा तपाइको प्रतिक्रिया...!