कुवेतमा नेपाली दूतावास आफै नेपालीहरूका लागि रोजगारी खोज्दै (बिज्ञप्ति सहित)

Posted on: 18 Feb, 2018

फागुन ६, कुवेत । कुवेत स्थित नेपाली दूतावासले नेपालीहरूका लागि त्यहाँका रोजगारदाताहरूलार्इ कार्यदक्षता अनुसार रोजगारीको अवसर बृद्धि गरिदिन अग्रह गरेको छ ।

कुवेतको  क्राउन प्लाजामा सनिबार भएको उक्त कार्यक्रममा ‘नेपाली श्रमिकहरूका लागि कुवेतमा थप रोजगारीको खोजी एवं उनीहरूका समस्या समाधान’ बिषयमा नेपाली दूतावास र कुवेतका रोजगारदाता कम्पनीहरूबीच अन्तक्रीया सम्पन्न भयो । 

उक्त कार्यक्रममा कुवेतका लागि नेपाली राजदूत यज्ञबहादुर हमालले नेपाल र कुवेतवीचको मैत्रीपूर्ण सम्बन्ध तथा नेपाली नागरिकहरूको दक्षता एवं कर्मशीलताको बारेमा उल्लेख गर्दै नेपालका दक्ष एवं अर्धदक्ष लगायतका जनशक्तिका लागि रोजगारीका अवसरहरू बृद्धि गरिदिन रोजगारदाता कम्पनीहरूलार्इ आग्रह गरेका छन् ।

कार्यक्रममा भोगेन्द्र लिङ्देनले कुवेतका रोजगारदाता कम्पनीका प्रतिनिधिहरुले दक्ष एवं अर्धदक्ष लगायतका नेपाली श्रमिकहरुका लागि रोजगारीको अवसर बृद्धि गर्दै जाने प्रतिवद्धता जनाए । कार्यक्रममा कुवेतका प्रमुख रोजगारदाता कम्पनीका उच्च तहका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!