दुबईमा धूमधामका साथ 'शिक्षाका लागी यात्रा' कार्यक्रम मनाइयो, नेपाली समुदायको पनि ऐक्यबद्दता

Posted on: 16 Feb, 2019

सचिन्द्र श्रेष्ठ | फागुन ४, दुबई | आर्थिक तथा पाठ्य सामग्रीहरुको अभावमा शिक्षा बाट कोही पनि बालबालिका बञ्चित हुनु पर्ने जस्ता दुःख लाग्दा स्थिति नआओस यो भावलाई सकेजती सम्बोधन गर्ने प्रयासमा हरेक वर्ष दुबई केयर(Dubai Cares)ले निम्नस्तर का बालबालिकाका निम्ति सहयोग गर्ने उद्देश्यले ‘शिक्षाका लागि यात्रा'(Walk for Education) नामक कार्यक्रम आज दुबईमा सम्पन्न गरेको छ । 

यस परोपकारी कार्यका लागि नेपाली समुदाय यूएईले पनि बिगतका बर्षहरूमा जस्तो ऐक्यबद्दता जनाउदै यो वर्ष पनि १५ फेब्रुअरी २०१९ (15 February 2019)शुक्रवारका दिन क्रिक पार्क(Creek park) मा नेपाली समुदाय यूएई र दुबई केयरले गर्ने उक्त परोपकारी कार्यक्रममा कुनै पार्टी ,जात जाती,लिङ्ग भन्दा विशुद्द नेपालीको राष्ट्रीय पहिचानका साथ उलेख्य सहभागिता जनाएको छ।


देश तथा बिदेसी संघ सस्था ,कंपनीका करीब १५००० जना मानिसहरुको उल्लेखिय सहभागी रहेको उक्त कार्यक्रममा ३ किलो मिटर पैदल हिडेर कार्यक्रम गरिएको थियो ।

नेपाली समुदाय यूएईका अध्यक्ष बिदुर राउतले भन्नु भयो  ‘थोपा थोपा मिलेर सागर बने जस्तो हरेक नेपालीको सहभागिता, सहयोगले  अरु देशको तुलनामा फरक देखिनुका साथै एक आपसमा भाईचारा ,बन्धुत्व,सदभाव रही रहने छ ।’

'हरेक नेपालीले यस्तो सामाजिक कार्यक्रममा अग्रसर रहन अहिले अति आवश्यक रहेको जसका कारण नेपाली पहिचान बिदेसी भूमिमा देखाउन सहज हुने राउतले बताउनु भयो।' 


यस बिषयमा तपाइको प्रतिक्रिया...!