न्यूयोर्कमा हुने युएनए सम्मेलनको भब्य तयारी

Posted on: 02 Mar, 2019

विजय थापा | फागुन १८, डीसी । युनाइटेड नेप्लिज एसोसिएसन (युएनए )को सम्मेलन मेमोरियल डे (स्मारक दिवस )को सप्ताहमा अमेरिकाको न्यू योर्क शहरमा २५ र २६ का दिन आयाेजना हुने भएको छ । चौथो न्यूयोर्कमा हुने युएनए सम्मेलनको भब्य तयारी भै रहेको आयोजकले जानकारी दिएका छन् ।

गत बर्ष टेक्सस राज्यको ड्यालसमा सफलता पूर्वक सम्पन्न उक्त सम्मेलन यस पटक बिश्व कै सम्राट राज्य न्यूयोर्कमा हुन् लागेको हो । युएनए संस्था गैर राजनैतिक, गैर धार्मिक ,जातिय वा क्षेत्रीय सोंचबाट मुक्त रहेको गैर मुनाफा सामाजिक संस्था हो ।

केही समय अगाडी न्यू योर्कमा सम्मेलन बारे पत्रकार सम्मेलनको आयोजना गरेको थियो भने यस महान सम्मेलनमा सवै समुदायलाई सहभागिताको लागी आव्हान तथा अनुरोध गरेको छ ।

आयोजकहरु तयारीमा जुटेका छन् भने युनाइटेड नेप्लिज एसोसिएसन (युएनए) ले चौथो सम्मेलनको प्रतिक चिन्ह (लोगो) सार्वजनीक गरेका छन् । सम्मेलनको आयोजना अधिकांश युवाहरुको काँधमा जिम्मेबार प्रदान गरिएको छ । उनीहरुमा अद्भुत शक्ति ,आँट ,जोश र जाँगर हुने भएकोले उनीहरुको काँधमा जिम्मवारी गत बर्ष दिएको जस्तै दिइएको छ ।

सम्मेलनमा बहस कार्यक्रम ,साहित्य ,बालबालिकाका कार्यक्रम ,बिभिन्न मंचका कार्यक्रम ,खेलकुद तथा सांस्कृतिक कार्यक्रमहरुको आयोजना हुने छ ।सम्मेलनलाई सफल बनाउन न्यू योर्कका स्थानीय संघ/संस्था संग सहकार्य गरिने आयोजकले जानकारी दिएका छन् । पत्रकार सम्मेलन मार्फत सम्मेलनमा गैर आवासीय सम्मलेनमा अस्ट्रेलियाका अर्बपति तथा एनआरएनका निवर्तमान अध्यक्ष शेष घले ,एनआरएन अध्यक्ष भवन भट्ट लगायतलाई निम्तो दिइएको आयोजकले जानाकारी दिएका छन् ।

गत बर्ष एनआरएन का निवर्तमान अध्यक्ष शेष घले तथा जमुना घले ले समेत टेक्सस ड्यालसमा सहभागिता जनाउनु भएको थियो । आयोजक संस्थाका क्षेत्रीय संयोजक एवं उपसभापति पवन योञ्जनले नेपाली समुदाय सबैलाई सहभागिताको लागि आब्हान गरेका छन् । सम्मेलनमा युवा लक्षित मार्सल आर्ट (युद्ध कला ) समेत प्रदर्शन हुनेछ ।

युनाइटेड नेप्लिज एसोसिएसन (युएनए )का संस्थापक टेक्सस का सफल व्यवसायी पासांग लामा हुन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!