एनआरएनए अमेरिकाको आसन्न निर्वाचनमा ईन्जाको अनुगमन प्रारम्भिक प्रतिवेदन सार्बजनिक

Posted on: 15 May, 2019

विजय थापा | एनआरएनए अमेरिकाको आसन्न निर्वाचनमा अन्तराष्ट्रिय नेपाली पत्रकार संघ (ईन्जा) को अनुगमन प्रारम्भिक प्रतिवेदन सार्बजनिक गरेको छ । ईञ्जा मुख्यालय वाशिंगटन डि. सी अमेरिका बाट जारी गरिएको हो । 

ईन्जाले गरेको यस किसिमको अनुसन्धानात्मक अनुगमन एनआरएनए अमेरिकाको इतिहासमा पहिलो हो भनि जनाएको छ । ईञ्जाको यस प्रयासबाट एन आर एन ए लगायत अन्य संघ संस्थहरु लाई समेत भविष्यमा गएर अझ उत्तरदायी, पारदर्शी तथा जवाफदेही हुन सहयोग मिल्ने अपेक्षा गरिएको छ भनि उल्लेख गरेको छ । 

हाम्रो स्वतन्त्र अनुगमनको दायरामा समेटिएका पक्षहरु भित्र रहेर अनुगमनमा सामेल हुनु भएका बिज्ञहरु निरन्तर रुपमा कार्य गरी रहनु भएको तथा अनुगमनको कार्य समेत निर्वाचन परिणामको घोषणासम्म जारी रहने भएकाले आज सम्मको अवस्थाका बारेमा प्राप्त हुन आएको कार्य प्रगती विबरणलाई निम्न अनुसारको प्रारम्भिक प्रतिबेदन मार्फत प्रस्तुत गरेका छौ भनि छापा बिज्ञप्ति मार्फत  सार्वजनिक गरेको छ । 

पूर्ण बिबरण जस्ताको त्यस्तै : 

पृष्ठभूमि :

एनआरएनए अमेरिका स्थापनाको केही  समय देखि नै विवादमा पर्दै आएको छ। अमेरिकामा करीव तीन लाख नेपालीको बसोबास भएता पनि सबैको साझा भनिएको यस संस्थामा हाल नौ हजार मात्र सदस्य रहेका छन्। विशेषत: विगतका तीन निर्वाचनलाई हेर्ने हो भने यो संस्था विवादबाट मुक्त हुन सकेको देखिदैन। कहिले राजनीतिक, आर्थिक प्रभाव, नक्कली सदस्यता आदिको आरोप लग्ग] गरेको छ भने पटक पटक संस्थापन पक्षलाई मुद्दा मामिला पनि पर्ने गरेको पाइग्छ। यो संस्था नै नेपाल सरकारबाट समेत मान्यता पाएको एक प्रतिनिधिमूलक संस्था भएकोले यो विवादरहित, सवल र सक्षम होस् भन्ने सबै प्रवासीहरुको चाहना रहेको देखिन्छ। 

यस सन्दर्भमा अन्तर्राष्ट्रिय नेपाली पत्रकार संघ (ईन्जा) ले आफ्नो श्रोत र साधनको प्रयोगबाट सम्बन्धित क्षेत्रका विज्ञहरुको संलग्नता र सहयोगमा यस पटक एनआरएनए अमेरिकाको निर्वाचन प्रक्रियाका सम्बन्धमा एक विस्तृत अनुगमन गरेको छ। 

ईञ्जाको यस प्रयासबाट एन आर एन ए लगायत अन्य संघ संस्थहरु लाई समेत भविष्यमा गएर अझ उत्तरदायी, पारदर्शी तथा जवाफदेही हुन सहयोग मिल्ने अपेक्षा गरिएको छ। यस अनुगमनलाई ईञ्जाको बिज्ञ समुहले तटस्थ  रुपमा तथ्य र समुदायको भावना बमोजिम सम्पन्न गर्ने प्रयास गरेको छ। यस  अध्ययनले  कुनै पनि उम्मेदवार,  व्यक्ति  एबं सस्थालाई प्रत्यक्ष वा परोक्ष रुपमा समर्थन वा विरोध गर्ने मनसाय नलिएको प्रस्ट गरिन्छ। 

निर्वाचन नजिकिंदै जाँदा ईन्जाले हालसम्म भएको अनुगमनको आधारमा एक अन्तरिम प्रतिबेदन प्रकाशित गरेको छ। निर्वाचन सम्पन्न भैसकेपछि भने इन्जाको पूर्ण अनुगमन रिपोर्ट सार्वजनिक हुने कुरा जानकारी गराइन्छ। 

अनुगमनको लागि अपनाइएका विधि:

ईन्जाले गरेको यस किसिमको अनुसन्धानात्मक अनुगमन एनआरएनए अमेरिकाको इतिहासमा पहिलो हो। अनुगमन एवं अनुसन्धानको लागि देहाय बमोजिमका विधि प्रयोग गरिएको थियो—

१. एन आर एन ए अमेरिकाको वेव साइट र विभिन्न कम्युनिकेसन 

२. चुनावी उम्मेदवारहरूका घोषणा पत्र, सार्वजनिक अभिव्यक्ति र चुनावी गतिविधिहरू 

३. संचार माध्यमहरूमा प्रकाशित सामग्रीहरू 

४. सामाजिक संजालमा सरोकारवालाहरूले पोस्ट गरेका सामग्रीहरू 

५. सरोकारवालाहरूसंग गरिएका इमेल पत्राचारहरू 

६. सरोकारवालाहरूसंग गरिएका टेलिफोन कुराकानीहरू 

७. एनआरएन अमेरिकाको निर्वाचनका सम्बन्धमा आइसीसीका गतिबिधिहरु र सम्बन्धित डकुमेन्ट 

८. बिभिन्न बिषयगत मत सर्वेक्षण (पोल )

अन्तरिम रिपोर्टको क्षेत्राधिकार:

यस अन्तरिम रिपोर्टमा देहाय बमोजिमका विषयहरू समेटिएका छन-

१. एनआरएनए अमेरिका निर्वाचन आयोग (२०१९-२०२१) निर्माण र यसको विश्वसनियता। 

२. सदस्यता वितरण प्रक्रिया, त्यसका लागि मॉग गरिएको अनिवार्य आईडी (अत्यन्त निजी तथा व्यक्तिगत विवरण), मत मतान्तर एबं विज्ञहरूका सुझाव। 

३. सर्बर डाउन र त्यसबाट उत्पन्न समस्या

४. सदस्यता भेरिफिकेसन प्रक्रिया, भेरिफिकेसन कमिटीको निर्माण र त्यसको कार्य सम्पादन

५. निर्वाचन प्रक्रियाको निष्पक्षता र विश्वसनियतामा प्रश्न:

६. निर्वाचन आयोगले लगाएको आचारसंहिता र त्यसको परिपालना 

७. चुनावका क्रममा भएका राजनीतिक प्रभाव 

८. चुनावका क्रममा भएका आर्थिक प्रभाव 

९. नयाँ पुस्ताको प्रवेश 

१०.सामाजिक संजालको प्रयोग 

११.सामुदायिक पत्रकारिता र चुनाबी कभरेज: ओभर कभरेज र अन्डर कभरेज 

१२. फेक आइडी र सामुदायिक पत्रकारितामाथिको हस्तक्षेप 

१३. कन्फ्लिक्ट अफ इन्ट्रेस्ट एवं जवाफदेहिता 

१४. आर्थिक हरहिसाब तथा पारदर्शिता 

१५. अनलाइन भोटिंग, डाटा अक्षुन्यता र  विश्वसनियता 

हाम्रो स्वतन्त्र अनुगमनको दायरामा समेटिएका पक्षहरु भित्र रहेर अनुगमनमा सामेल हुनु भएका बिज्ञहरु निरन्तर रुपमा कार्य गरी रहनु भएको तथा अनुगमनको कार्य समेत निर्वाचन परिणामको घोषणासम्म जारी रहने भएकाले आज सम्मको अवस्थाका बारेमा प्राप्त हुन आएको कार्य प्रगती विबरणलाई निम्न अनुसारको प्रारम्भिक प्रतिबेदन मार्फत प्रस्तुत गरेका छौ :  

१) सदस्यता वितरणका दौरान एनआरएनएले संकलन गरेको सदस्यहरुको अति गोप्य वैयक्तिक विवरण, संबेदनशील सूचनाको गोप्यता र सुरक्षा, डाटा संग्रह, डाटा भेरिफिकेसन, यसको प्रयोग र सुरक्षा प्रकृया: 

एनआरएनएले संकलन गरेको सदस्यहरुको अति गोप्य वैयक्तिक विवरणको सुरक्षाका बारेमा समुदायमा चर्को विवाद र बहस भए। यस बिबाद र बहसका बिच “सदस्यहरुको व्यक्तिगत बिबरण सुरक्षित राख्न एनआरएन अमेरिका सक्षम छ भनेर बिश्वास गर्नु हुन्छ?” भनेर समुदायको राय लिन ईञ्जाले  सामाजिक संजाल मार्फत एक मत सर्वेषण गरेको थियो। उक्त मत सर्वेक्षणमा १३० जनाले भाग लिएका थिए  जसमा १० प्रतिशतले बिश्वास गर्दछु र ९० प्रतिशतले बिश्वास गर्दिन भन्ने मत दिएका थिए। यस प्रकार एनआरएन अमेरिका प्रति ठुलो जनमतले अबिश्वास प्रकट गरेको तथ्य सदस्यता वितरणका समय मै प्राप्त भएको थियो।

संकलन गरिएको र भविष्यमा संकलन गरिने सदस्यका गोप्य वैयक्तिक विवरणमा बिधि बिधान र प्रचलित प्रकृयाको पालना र सुरक्षा प्रदान गर्न एनआरएनएलाइ ईञ्जाले निम्न बमोजिमको लिखित रुपमा सुझाव दिएको थियो, प्रदान गरि एका सुझावहरु निम्नअनुसार थिए :

-अहिले एनआरएनएले संकलन गरेका सूचनाहरु भित्री (एनआरएन) र बाहिरी(ह्याकरहरु)  दुवै पक्षबाट चोरिन र दुरूपयोग हुन सक्ने खतरा भएकोले Privacy Act को पूर्ण पालना गर्दै कुनै पनि conflict of interest नभएको Third Party लाई Data handling को जिम्मा लगाउने । 

- डाटा भेरिफिकेसन वा डाटा एक्सेस गर्ने एनआरएनए भितर वा इतरका कुनै पनि ब्यक्तिको Full Background Check गर्ने साथै उनीहरुलाई Privacy & PII Handling Compliance Training गराउने एवं Compliance Document वा कानूनी कागजाजमा हस्ताक्षर गराउने यस्तो Background Check पास नभएका वा Compliance Document हस्ताक्षर नगरेका ब्यक्तिलाई अति गोप्य ब्यक्तिगत सूचनासम्मको पहुंच नदिने । 

- IT Database मा राखिएका डाटाहरुलाई थप सुरक्षाको लागि Encryption गरेर राख्ने ! Conflict of Interest नभएका ब्यक्तिहरुलाई मात्रै Database access दिने । 

- डाटा एक्सेस गर्न Double Authentication को पद्दतिलाई लागू गर्ने ! 

- निर्वाचनमा जाने निधो गरेका ब्यक्तिहरुलाई यस्तो सूचनाको पहंच नदिने र प्रयोजन सकिएपछि सम्पुर्ण बिबरण नष्ट गरिनु पर्ने।  

- गोप्य डाटामा संझौता नहोस, डाटा चोरी नहोस भन्नका लागि एनआरएनए र एनआरएन आइसीसी समेतको पहलमा एक बृहत्तर संहिता तयार गरी लागू गर्ने । 

- एनआरएनएको आसन्न निर्वाचन अघि नै यी सवै कुरा लागू हुन नसके पनि यस दिशामा तुरून्तै काम शुरू गर्न पहल गर्ने । 

- यस पटकको आसन्न निर्वाचन अघि नै यी सवै कुरा लागू हुन नसके पनि सदस्यहरुलाई उनीहरुको संबेदनशील सूचनाको गोप्यता र सुरक्षाको प्रत्याभुती दिई यस दिशामा तुरून्तै काम शुरू गर्ने 

सदस्यता बितरण का दौरान ईञ्जाबाट प्रदान गरीका माथि उल्लेखित सुझावहरु उपर एन आर एन अमेरिकाले के कस्तो बिधि अपनायो सो को जानकारी हुन् सकेन।  

१) गोप्य र संवेदनशील वैयक्तिक बिबरणहरु चुहावट:

यी तमाम पृष्ठभूमि का बाबजुद पनि हाल उम्मेदवारहरु को अन्तिम नामावली प्रकाशन भएको अवस्थामा आएर सदस्यहरुले प्रदान गरेका अति गोप्य र संवेदनशील वैयक्तिक बिबरणहरु चोरी हुनाका साथै बाहिर चुहावट समेत भएको व्यहोरा जानकारी प्राप्त हुन आयो । यसै चुहावटको बिषयलाई लिएर सर्वसाधारणहरुमा एनआरएनए प्रति नैराश्यता र अविश्वासको बाताबरण देखिएको छ। विशेषत: भेरिफिकेसन समितिले निर्वाचन आयोगलाई सदस्यको लिस्ट हस्तान्तरण गरि सके पछिको लामो ग्याप को समयमा संथापन पक्षले इमेल आईडी र विवरण क्रिवार्तन गरेको भन्ने आरोप पनि लागेको छ।  यस तथ्यलाई पुष्टि हुने गरि अहिले भएको डाटा चुहावटले पनि थप कौतुहलता र चासो बढेको छ।  

२) कन्फ़्लिक्ट अफ ईण्ट्रेस्ट एवं जवाफदेहिता:

एनआरएनएमा कन्फ़्लिक्ट अफ ईण्ट्रेस्टको पराकाष्टा नै नागिसकेको गुनासो यसका सदस्य, वुद्दिजिविहरूले बारम्बार गुनासो गर्दै आएका छन्। नेतृत्वले नीति, नियम र विधिको स्थापना र पालना समेत गर्न नसकेको देखिन्छ। त्यस्तै, सस्था भित्र आएका गुनासाहरुलाई हेर्न बनाईएको न्यायिक समिति समेतको बिघटन गरेको प्रति असन्तुष्टि देखियो।  

क) कन्फ़्लिक्ट अफ ईण्ट्रेस्ट र बरिष्ठ उपाध्यक्ष सुनिल साह:

एनआरएन अमेरिकाको वेव साइट प्रकरणमा बर्तमान कार्य समितिका वरिष्ठ उपाध्यक्ष तथा अध्यक्षका प्रत्यासी सुनील साहको संलग्नता रहेको भन्ने आशंकाले समुदायमा तनाव थपिएको छ। साह माथि लागेको आरोपमा उनी आफ्नै कम्पनीका प्रेसिडेन्ट शंकेश्वर सुवेदीकी श्रीमती राेशी अमात्यको नाममा खोलिएको एक कम्पनीलाई वेभसाइट निर्माण गर्न दिएर आवश्यकता अनुसार सर्भर  डाउन गराउने र मतदाताको सम्पूर्ण जानकारी आफ्नो नियन्त्रणमा राख्ने जस्तो अनुचित कार्यमा संलग्न भएको जनाईएको छ। उल्लेखित गतिविधिहरुमा कन्फ़्लिक्ट अफ ईण्ट्रेस्ट भएकाले साहमाथि उम्मेद्वारी फिर्ताको दबाब दिइएको र फिर्ता नगरे साधारण सदस्य नै निलम्वन गरेर निर्वाचनबाट बाहिर राख्नुपर्ने भन्ने बिचारहरु अन्य उम्मेदवारहरुले समेत बताएका छन्।  यस प्रकरणमा देखिएको कन्फ़्लिक्ट अफ ईण्ट्रेस्ट जस्तो संवेदनशील बिषयमा एनआरएनएका अध्यक्ष लगागत जिम्मेवार पदाधिकारीहरुको मौनताले थप आशंका बढेको छ।

ख) राम कुमार सुबेदीको उम्मेदवारीमा कन्फ़्लिक्ट अफ ईण्ट्रेस्ट भएको आशंका:

 सदस्यता भेरिफिकेसन कमिटि गठनका दौरान चुनाव नलड्ने पत्रमा हस्ताक्षर गरी जिम्मेवारी सम्हालेका सदस्यता भेरिफिकेसन कमिटिका संयोजक तथा बर्तमान उपाध्यक्ष रामकुमार सुबेदीले आइ सी सी को सदस्यमा दिनु भएको उम्मेदवारीका कारण विवाद सृजना भएको पाईयो।  सदस्यता भेरिफिकेसन का दौरानमा समिति को संयोजकका नाताले आफुले सबै सदस्यहरुको व्यक्तिगत गोप्य विबरण हेर्नु पर्ने जिम्मेवारीका कारण हेरेको कुरा उहाँले सार्वजनिक रुप मै बताउनु भएको थियो।  तत्पश्चात  कार्य समतिसंग भएको सहमतिका बिपरित उहाँले आइ सी सी को सदस्यमा आफ्नो उम्मेदवारी दिनु भएको पाईयो।  उहाँको यस कदम लाइ भेरिफिकेसन समिति र एन आर एन कार्य समिति सदस्यहरु समेत आलोचना गरि कन्फ़्लिक्ट अफ इन्ट्रेस्ट हुन गएकाले सुबेदीलाई उम्मेदवारी फिर्ता लिई नैतिक रुपमा जिम्मेवारी लिन दवाब दिएका थिए। तर , एकातिर सुबेदी बाट आफ्नो उम्मेदवारी कायमै राखेको देखिन्छ भने निर्वाचन आयोग पनि यस प्रकरणमा मौन रहेको पाइयो।  

ग) एनआरएनएद्वारा मिडिया माथि पारिएको प्रभाव र प्रयोग:

एन आर एन ए का उम्मेदवार र समुदायबिच  गरिएका बहस तथा अन्तरकृया कार्यक्रमहरुमा कार्यक्रम का आयोजक ले एन आर एन एको लोगो सहितको ब्यानरको प्रयोग गरेको  पाईयो।  संचारको बिश्वब्यापी मान्यता अनुसार स्वतन्त्र रहनु पर्ने संचार जगतलाई समेत एन आर एन  एले आफ्नो लोगो प्रयोग गर्न लगाई अनावस्यक प्रभावमा पार्न खोजेको भन्ने आसयका अभिव्यक्ति समाजमा चुलिएको पाइयो ।  कुनै निर्दिष्ट उदेश्यका लागि स्थापित सामाजिक सस्थाले आफ्नो निहित उदेस्यका लागि संचार जगत लाई नै प्रभावमा पार्नुले गलत अभ्यासको सुरुवात भएको भनि स्वतन्त्र संचार र बुद्दिजिवि वर्गबाट आलोचना भएको छ। यस प्रकारको गतिबिधि बढ्दै जादा स्वतन्त्र संचारको अभ्यास मा सम्झौता हुन् सक्ने सम्भावना अधिक हुने भएकाले त्यस्ता कन्फ़्लिक्ट अफ इन्ट्रेस्ट हुन् सक्ने गतिबिधि बाट संचार जगत अलग रहनु पर्ने बुद्दिजिवि बर्गको धारणा रहेको छ।

 ३) एनआरएन अमेरिकाको निर्वाचनका सम्बन्धमाआइसीसी 

एनआरएन अमेरिकाका वर्तमान वरिष्ठ उपाध्यक्ष तथा अध्यक्षका उम्मेद्वार सुनील साहको एनआरएन वेभसाइट प्रकरणमा आई सी सी का तर्फ बाट छानबिन गर्न बनेको समितिलाई बर्तमान कार्यसमितिले असहयोग गरेपछि क्षेत्रीय संयोजक गौरी जोशी ले असन्तुस्टी प्रकट गरी एनआरएन अमेरिकाका अध्यक्ष केसव पौडेल लाई एक पत्र  लेखेका छन् । उनले छानबिनका लागि गठन गरेको तीन सदस्यीय समितिले मागेको विवरण बर्तमान कार्यसममितिले दिन इन्कार गरेको बताउदै  यसबाट एनआरएन आईसीसीको अवहेलना भएको , वेभसाइट प्रकरण एवं सदस्य हरु को व्यक्तिगत बिबरण समेत चुहावट भएका कारण स्वच्छ निर्वाचन गराउने कार्य मा एनआरएन अमेरिकाको बर्तमान कार्यसमिति संबेदनशील नभएको जोशीले उल्लेख गरेका छ।

'एनआरएनए एनसीसी अमेरिकाको चुनाब हाललाई स्थगित गरि रास्ट्रिय महाधिबेशनले तोकेकों समय परिधिभित्र रहेर सदस्यताको सम्पूर्ण विवरण एमआइएस सिस्टमअन्तर्गत दर्ता तथा भेरिफिकेसन गरेर आईसीसीले तोकेकों पर्यवेक्षकको रोहबरमा मात्र गराउन समेत जोशी ले निर्देशन दिएका छन तथा अन्यथा अन्तरास्ट्रिय समन्वय समितिको बिधान तथा चुनाब सम्बन्धि नियमावली अनुसार मान्यता प्राप्त नहुने व्यहोरा समेत जानकारी गराएका छन।  

अर्कोतिर आइसीसी अमेरिकाका क्षेत्रीय संयोजक गौरी जोशीले जारी गरेको निर्देशन लगत्तै उप क्षेत्रीय संयोजक नविन शेरचनले उक्त भनाई जोशीको निजि भएको व्यहोरा अर्को एक विज्ञप्ति मार्फत जनाएका छन । यी सवै गतिविधिले आईसीसी समेत अनियन्त्रित र गुटगत  रूपले संचालन भएको पाईयो।

४ ) सामुदायिक पत्रकारिता र चुनावी कभरेज 

एनआरएनएको सदस्यता बितरण देखी आज सम्मको अवस्थामा अमेरिकाबाट सन्चालित अधिकान्स मिडियाकर्मीहरुले यस बिषयलाई प्रमूख प्राथमिकता दिई आकाक्षी/प्रत्याशी उम्मेदवारहरुका समाचार, अन्तरवार्ता तथा प्रचार प्रसारका सामाग्रीहरु प्रकाशन र सम्प्रेषण गरेको पाईयो। यसरी समुदायका सुचना तथा समाचारहरुलाई प्राथमिकताका साथ सम्प्रेषण गर्ने मिडियाकर्मीहरु धन्यवादका पात्र छन । तथापी, समुदायसँग सम्वन्धित यस्ता गतिविधीहरुमा आर्थीक प्रलोभनमा परी केहि मिडियाकर्मीहरुले प्रचार प्रसार गर्ने गरेको आरोपमा कही कतैबाट उनिहरुको सन्लग्नाता भएको आधार र प्रमाण यस अवधिमा प्राप्त भएन । संचारकर्मीले पनि लागेका आरोपमा खण्डन गर्ने गरेको देखिएन।  

त्यस्तै, निर्वाचन आयोगले उम्मेदवारी सार्वजनिक गर्नु पूर्व आधिकारीक उम्मेदवार नहुँदै एनआरएन अमेरिकाका आकाक्षीहरुसँग भर्जिनिया राज्य स्थित मनासस र क्यालिफोर्निया राज्य स्थित लस एन्जलसमा बहस तथा अन्तरकृया कार्यक्रम गरेको पनि पाईयो । यसै गरी निर्वाचन आयोगले उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरेपस्चात टेक्सास राज्य अन्तर्गत डाल्लासमा तेश्रो अन्तरकृया कार्यक्रम सम्पन्न भयो । यसै बिच न्युयोर्कमा गर्ने भनिएको अर्को अन्तरकृयालाई विवादास्पद रुपमा अचानक रद्द गरियो ।

उल्लेखित सबै अन्तरकृया कार्यक्रमका लागि एनआरएन अमेरिकाले नेपाल अमेरिका पत्रकार सङ्घ - नेजालाई ५ हजार डलरको आर्थीक सहयोग प्रदान गरेको कुरा कोषाध्यक्षका प्रत्याशी रवीन ब्रज्रचार्यले एक सार्वजनिक कार्यक्रममा बताएका छन। एनआरएन अमेरिकाको सहयोग लिएर न्युयोर्कको कार्यक्रम किन रद्द गरियो भनेर प्रश्न समेत गरेका छन । त्यस्तै आधिकारीक उम्मेदवार नहुँदै प्रत्यासीहरुलाई बोलाएर बहस किन गराईयो भन्ने प्रश्न समेत आएकोले यस प्रकरणमा भएको भनिएको आर्थिक सहयोग र त्यसको उदेश्स्यका बारेमा  सत्य र तथ्य जानकारी पाउनका लागी एनआरएन अमेरिकाका अध्यक्ष तथा नेजाका अध्यक्षलाईलाई पत्रचार गरियो। नेजाबाट आयोजित  एनआरएनएका आकांक्षी तथा प्रत्यासी उम्मेद्वारसँगको बहस तथा अन्तरकृया  कार्यक्रमका लागि एनआरएन बाट कुनै डलर सहयोग उपलब्ध नगराएको जानकारी अमेरिकाका अध्यक्ष बाट प्राप्त भयो।  सोहि बिषयमा नेजा लाइ सोधिएकोमा जानकारी प्राप्त हुन नसकेकोले नेजाबाट आयोजित  एनआरएनएका आकांक्षी तथा प्रत्यासी उम्मेद्वारसँगको सबै बहस तथा अन्तरकृयामा भएको खर्चको श्रोतलाई पारदर्शी बनाई सार्वजनिक गर्दा समाजमा चुलिएको आशंका निरुपण गर्न सहयोगी हुने बुद्दिजिविहरुले सल्लाह दिएका छन्। ।

५) फेक आइडी र सामुदायिक पत्रकारितामाथिको हस्तक्षेप 

एनआरएन अमेरिकाको सदस्यता बितरण प्रकृयाको विवादका बारेमा ईनेप्लिज डट कमले सन्चालन गरेको 'सच्चीको साथ ' फेसबुक अनलाईन कार्यक्रम लगायत छलफल कार्यक्रमलाई समेत पटक पटक अवरोध गरीएको सुचना प्राप्त भयो ।  त्यस्तै, फेसबुकमा फेक आईडि बनाई तर्साउने, फेसबुकलाई गलत सुचना दिई लाईभ कार्यक्रमलाई निरन्तर अवरोध गर्ने जस्ता निम्नस्तरीय गतिबिधिहरु पटक पटक भए।  यसबाट समाजका लागि निश्वार्थ रुपले समाचार सम्प्रेषण गरी राखेका संचारकर्मी माथि मानसिक तनाव पर्नुका साथै समाजमा निर्बाध सुचना प्रवाह गर्ने कार्यमा अवरोध हुन गएको पाईयो।

यस प्रकार स्वतन्त्र सन्चारकर्म गर्ने सन्चारकर्मीलाई हतोत्साहित गर्ने गतिबिधी समेत देखिएकोले त्यस तर्फ ईन्जाको गम्भिर ध्यानाकर्षण भै यस्तो गतिबिधीलाई रोकी सन्चार कर्मको रक्षाका लागी ईन्जाले आगामी दिनमा थप कार्यक्रम ल्याउने र तत्कालका लागी सहयोगी मुलधारका सङ सस्थाहरुसँगको सम्पर्क विबरण बुलेटीन र वेबसाईट मार्फत ईञ्जाले उपलब्ध गराएको थियो।  

६) राजनीतिक प्रभाव, गुटबन्दी र अस्वस्थ्य अभ्यास 

एनआरएन अमेरिकाको बिगतका निर्वाचनहरु देखि नै नेपालका राजनीतिक दलहरुको आस्था अनुसारका उम्मेदवारहरु खडा गरीदै आएको सर्वत्र गुनासो थियो। यस निर्वाचनका दौरान सदस्यता बितरणको सुरुवाती अवस्था देखि बाहिर नखुली नेपालका राजनीतिक दलका आस्थावानहरुले भित्रि समूह बनाउने गरेको पाईयो। उम्मेदवारी दर्ता गराउदा राजनीतिक दलको आस्था अनुसारको उम्मेदवारी दिएको र सोको समूहगत पोस्टर नै बनाई सामाजिक संजालमा पोस्ट गरि प्रचार गरेको पाईयो। 

त्यस्तै, न्युयोर्कमा आयोजित एक सार्वजिक बहस तथा भेटघाट कार्यक्रम मै जनसम्पर्क समितिका जिम्मेवार पदाधिकारीहरुले आफ्नो दलको आधिकारीक उम्मेदवारका रुपमा अध्यक्षका उम्मेदवार सुनिल साह भनि  समर्थन र सार्वजनिक रुपमा घोषणा गरेको पाईयो।  अर्का अध्यक्षका उम्मेदवार संजय थापाका तर्फबाट प्रबासी मंचका पदाधिकारीहरुले आफ्नो प्यानलको सामुहिक पोस्टर बनाई सामाजिक संजालहरुमा प्रचार गरेको पाईयो भने कतिपय जनसम्पर्क समितिका अन्य महत्वपूर्ण पदाधिकारीहरुले अध्यक्षका अर्का प्रत्यासी सुर्य लम्साललाई आफ्नो पार्टीका आधिकारिक उम्मेदवार भनि मत मागेको देखियो।

७) एनआरएनए उम्मेदवारहरूका घोषणा पत्र एवं चुनावी आयब्यय लगायत विविध गतिविधि

निर्वाचनको प्रक्रिया मा सामेल भएका उम्मेदवार हरुले आफ्ना नीति कार्यक्रम हरु एन आर एनलाई समयानुकुल मार्गदर्शन गर्न उपयोगी रहेको र तिन को कार्यान्वन गर्न आफुहरु प्रतिबद्द रहेको बताएका छन्। 

बिगतका निर्वाचनहरुमा उम्मेदवारहरुले जारी गरेका  घोषणापत्रहरु चुनावमुखी  मात्र हुने र सो अनुसारको कार्य  नभएको  समुदाय तथा बुद्दिजिवि हरुले निस्कर्ष निकालेका छन्।  यसपालीको निर्वाचनमा पनि सबै उम्मेदवारहरुले आफ्नो  घोषणा पत्रमा राम्रा राम्रा कुराहरु उल्लेख गरेका भएता पनि तिनको हुबहु कार्यान्वयन हुने सम्भावना प्रति समुदाय आश्वस्थ हुन सकेको देखिएन। यस सन्दर्भमा ईञ्जाले गरेको सर्भे अनुसार बिधान अनुसार कार्यसमितिको समयावधि दुई बर्षको हुने , पहिलो बर्ष मुद्दा मामिला , आरोप प्रत्यारोप र झैँ झगडा मै बित्ने  र दोश्रो बर्ष आगामी निर्वाचन को तयारि मै सकिने भएका ले समुदाय का लागि तयार पारिएको घोषणा पत्र अनुसार का काम हुन्छन भनेर सर्भे मा सहभागी अधिकांस व्यक्ति हरु  बिस्वस्त हुन नसकेको पाईयो।

चुनावी आयब्यय लगायत विविध गतिविधि सन्दर्भमा अध्यक्षका प्रत्यासीहरुलाई पत्रचार गरी जानकारी माग गरीएकोमा सम्वन्धित उम्मेदवारहरुबाट यस प्रतिवेदन लेख्दाको अवधि सम्म जवाफ प्राप्त हुन् सकेको छैन। तथापि आर्थिक गतिबिधि का सम्वन्ध मा ईञ्जा का तर्फ बाट अध्धयनमा संग्लग्न समुह ले कार्य गरी रहेको जानकारी गराईन्छ।

८) निष्कर्ष

डायस्पोराका हाम्रा नेपाली समाज र संस्थाहरुको संचालन गैर राजनीतिक, गैर नाफामूलक, पारदर्शी होस र नेतृत्व सत्प्रतिशत जवाफदेही एवं सेवामुखी होस् भन्ने अभिप्रायले  एनआरएनको ईतिहासमा पहिलो पटक यो कठीन अध्ययन र पेचिलो कामको शुरूवात हामीले गरेका हौ । यो अनुसन्धान एनआरएनको लागि अहिलेलाई ऐना देखाउने र भोलिलाई सुधार गर्दै जाने ठूलो अवसर पनि हुनेछ । ईतिहासमा गएर हाम्रो अध्ययन र सुझावहरुले ठूलो महत्व राख्ने विश्वास पनि हामीले लिएका छौं । यस अनुगमन र अनुसन्धान समूहले प्राइभेसी एक्ट, ब्यक्तिगत र प्रेस स्वतन्त्रताका सीमा र दायरालाई उच्च महत्व दिदै कार्य गरी रहेको समेत जानकारी गराउदछौ ।  

माथि उल्लेखित प्रारम्भिक अध्ययनका अनुसार  एनआरएनए र अमेरिकाका नेपाली समुदाय बिच ठुलो अविश्वासको बाताबरण सृजना भएको देखिन्छ। तीन लाखको हाराहारीमा हरेका नेपालीहरु मध्ये जम्मा नौ हजार संख्याका नेपालीहरु मात्र सदस्य हुनु र आसन्न निर्वाचनका लागि धेरै स्थानहरुमा उम्मेदवारी नपर्नुले समेत एनआरएन अमेरिका प्रति समुदायको बिश्वासको ठुलो अभाव देखिएको छ।  प्रत्यासी उम्मेदवारहरु बिच नेपालको राजनितिक आस्था अनुसारको गुट बनाई निर्वाचनमा जसरि भए पनि जित्नु पर्ने अभियानमा लाग्नु तथा  पूर्व आसंका गरिए अनुसार सदस्यका अति गोप्य  विवरणहरु समेतको चुहावटले गर्दा समुदायमा नैराश्यता र थप आसंका चुलिएकाले आसन्न चुनाव निस्पक्ष हुने कुनै आधार भेटिदैन। एनआरएन अमेरिका र आइसीसी बिचमा समन्वय र सहकार्यको अभाव र यी नै गतिबिधिका कारण आइसीसी समेत असन्तुष्ट देखिएको छ। एनआरएनए प्रतिको  बढ्दो अबिश्वास, बौद्धिक वर्गको धारण तथा अमेरिकाका नेपाली समुदायको मनोभावना अनुसार यो निर्वाचनलाई तत्काल स्थगन गरी  भरपर्दो र बिश्वासको बाताबरण बनाई सके पछि मात्र निर्वाचन सम्पन्न गराउन उचित हुने हाम्रो यस प्रारम्भिक अध्ययनले देखाएको छ । (नोट: माथि उल्लेखित सबै विषयका प्रमाण र विस्तृत विवरण यस अनुगमनको पूर्ण पाठ संगै चुनाव पछि। )

धन्यवाद !

ईञ्जा मुख्यालय 

वाशिंगटन डि. सी  , अमेरिका 

यस बिषयमा तपाइको प्रतिक्रिया...!