दक्षिण कोरियामा औधोगिक दुर्घटनामा बृद्धि

Posted on: 19 May, 2019

अर्जुन बराल | जेठ ५, सोल | दक्षिण कोरिया सरकारले गतबर्ष सानाठुला गरि लाखभन्दा बढी भएका औधोगिक दुर्घटनामा गरेको सुपरिबेक्षणको आधारमा औधोगिक  दुर्घटनामा केहि बृद्धि भएको तथ्याङ्क सार्बजनिक गर्दै अनुमोदित औधोगिक दुर्घटनामा भएको बृद्धि सँगै अधिक कार्यस्थल औधोगिक दुर्घटना बीमा प्राप्त गरिने आबेदन प्रक्रियामा सुधार थालिएको स्पष्टीकरण दिएको छ ।

दक्षिण कोरिया सरकारको श्रम तथा रोजगार मन्त्रालयले मे २, तारिखका दिन सार्बजनिक गरेको तथ्याङ्क अनुसार सन् २०१८ मा भएका औधोगिक दुर्घटनामा आप्रबासी कामदार सहित ९७१  जनाको ज्यान गएको जनाएको छ । जसमध्ये अत्यधिक बढी निर्माण क्षेत्रमा ४८५ जनाको मृत्यु सँगै उत्पादनमुलक क्षेत्र तर्फ २१७, सेवामुलक क्षेत्रतर्फ १५४ सहित बाँकी घातक औधोगिक साना कार्यस्थल सँग सम्बन्धीत रहेका थिए भने पाँचभन्दा कम कामदार रहेको औधोगिक कारखानामा ३३० र पाँच देखि उननपचास जना सम्म कामदार रहेको औधोगिक क्षेत्रमा ३१९ जनाको मृत्यु भएको उल्लेख छ ।

गतबर्ष कुल भएका औधोगिक दुर्घटना मध्ये ०.५१ प्रतिशत जनाको मृत्यु भएको थियो जसमध्ये सबैभन्दा बढी निर्माण क्षेत्रमा १.६५ प्रतिशत,उत्पादनमुलक क्षेत्रमा ०.५२ प्रतिशत,सेवामुलक क्षेत्रमा ०.२४ प्रतिशत कामदारको मृत्यु भएको थियो । सन् २०१७ मा आप्रबासी कामदार सहित सानाठुला गरि कुल ८९८४८ औधोगिक दुर्घटनाहरु भएकोमा सन् २०१८ मा १३ प्रतिशत भन्दा बढिले औधोगिक दुर्घटनामा बृद्धि सँगै कुल १०२३०५ दुर्घटना भएका थिए । त्यस्तै कार्यक्षेत्रमा हुने जटिल कामका कारण बिरामी भई सन् २०१७ मा कुल ९९३ जना कामदारको मृत्यु भएकोमा सन् २०१८ मा १७८ ले बृद्धि भई ११७१ जना कामदारको मृत्यु भएको थियो । 

दक्षिण कोरिया सरकारले औधोगिक दुर्घटनाको तथ्याङ्कबाट कार्यक्षेत्रमा के कती कारणबाट दुर्घटना हुँन पुगेका छन् त्यसलाई पहिचान गरि न्युनिकरण गर्न सहज हुने प्रतिक्रिया दिएको छ साथै सरकारले गतबर्षको जुलाईदेखि नै औधोगिक क्षेत्रमा हुँने दुर्घटनाको बीमा कबरेजलाई बिस्तार गरेको थियो भने सन् २०२२ सम्म औधोगिक जोखिमलाई धेरैनै घटाउँने जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!