कोरियन सरकारको निर्णय:अबैधरुपमा बसेकाले पनि स्वास्थ्य परिक्षण गर्न सक्ने,के छ नेपालीको अवस्था ?

Posted on: 23 Feb, 2020

अर्जुन बराल | फागुन ११, दक्षिण कोरिया | दक्षिण कोरियामा पछिल्लो समय कोभिड–१९ (कोरोना भाईरस) संक्रमितको संङख्यामा बृद्दि भएको छ | कोरियाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रले आईतबारसम्म मृत्यु हुनेको संख्या ५ जना पुगेको बताएको छ |

केन्द्रका अनुसार शनिबारको तुलनामा संक्रमितको संङख्यामा बृद्धि भएर ५६८ जनामा कोरोना भाईरसको जिबाणु भेट्टिएको छ | यो संङख्यामा बृद्धि हुँन सक्ने जनाइएको छ, तर के कति आप्रवाशीहरु यो संक्रमणमा परेका छन् या छैनन् त्यो बिषय भने बाहिर आईसकेको छैन् |



कोरोना भाईरसको संक्रमित धेरैजसो दक्षिण कोरियाको चौथो ठुलो थेगु शहरमा देखिएको छ | दक्षिण कोरिया सरकारले उक्त क्षेत्रलाई स्पेशल केयर जोन घोषणा गरिसकेको छ | उक्त क्षेत्रमा बसोबास गर्ने २५ लाख नागरिकलाई अत्यावश्यक कामबाहेक घरबाट बाहिर नआउँन अनुरोध गरेको छ |

प्रधानमन्त्री चुङ्ग साई क्युनले शनिबार राति राष्ट्रका नाममा सम्बोधन गदै अबस्था गम्भिर रहेको औलाएका छन | त्यस्तै उपस्वास्थ्य मन्त्री किम गाङ् लिपले कोरोना भाईरसबाट संक्रमितको संङख्यामा भएको बृद्धि नयाँ परिस्थितिमा पुगेको प्रतिक्रिया दिएका छन् |

दक्षिण कोरिया सरकारले कोरोना भाईरस संक्रमित ब्यक्तिको मोबाईल डाटा,क्रेडिट कार्डको रेर्कड,सिसिटिभि फुटेज,सार्बजनिक यातायातमा प्रयोग गरिएका कार्ड आदीको जानकारी संकलन गरेर स्वास्थ्य तथा वेलफेयर बिभागको वेभसाईटमा राखेको छ |

अबैधानिक रुपमा बसोबास गरिरहेका आप्रबासी नागरिकलाई कोरोना भाईरस लगायतको स्वास्थ्य परिक्षणका लागि कुनै अवरोध नगरिने र रोजगार प्रक्रिया प्रणालीको माध्यमबाट कोरियामा रहेका आप्रबासी कामदारको ४ बर्ष १० महिनाको भिषालाई बिषेस परिस्थितीमा भन्दै न्याय मन्त्रालयको शुक्रबार बसेको संयुक्त बैठकले अझ ५० दिन थप्न सकिने जानकारी दिएको छ | त्यस्तै अमेरिकी बिदेश मन्त्रालयले आफना नागरिकका निम्ति शनिबार एक पत्र जारी गदै दक्षिण कोरियाको यात्रा विशेष सावधानीक साथ गर्न सल्लाह दिएको भन्ने समचार प्राप्त भएका छन् |

नेपालीको अबस्था कस्तो छ ?

लगभग ५० हजारको संङख्यामा नेपाली रहेको दक्षिण कोरियामा विशेष त रोजगार प्रक्रिया प्रणाली मार्फत आएका नेपालीसँगै विद्यार्थी,ब्यबसायी लगाएत विविध पेशामा आबद्ध नेपाली छन् | समचार तयार गर्ने समयसम्म कुनै नेपाली कोरोना भाईरसबाट संक्रमित भएको जानकारी प्राप्त भएको छैन |


सार्वजनिक बिदाको दिन गरिने भेटघाट कार्यक्रम पनि नेपालीले आयोजना गरेका छैनन् । दक्षिण कोरिया स्थित नेपाली दुतावासले कोरोना भाईरसको संक्रमण सम्बन्धी अत्यन्त जरुरी सुचना जारी गदै सुरक्षाका उपाय प्रभावबकारी ढंगले अवलम्बन गरी कोरोना भाईरसबाट सुरक्षित रहन आग्रह गरेको छ । 

त्यस्तै गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय दक्षिण कोरियाले दुतावासको प्रायोजनमा “कोरोना भाईरसको अबस्था र हाम्रो होसियारी” बारे हप्तामा तीन दिन कोरियाका बिभिन्न पेशामा आबद्ध उच्च ब्यत्तित्वसँग रहेर लाईभ कार्यक्रम आजैका मिति देखि सुरु गरि फेब्रुअरी अन्तिमसम्म गरिने जनाएको छ |

गत डिसेम्बर महिनामा चीनको बुहान सिटीबाट पत्ता लागेको कोरोना भाईरसको संकमण हुँदा सामान्यतया ज्वरो आउँने,रुघा लाग्ने,सुख्खा खोकि लाग्ने,सास फेर्न गाह्रो हँनु,घाँटी,टाउको तथा जिउ दुख्ने लक्षण देखिने गर्दछन |

यस बिषयमा तपाइको प्रतिक्रिया...!