कतारमा आजदेखि चौथो चरणको दोश्रो भाग सुरु, आज संक्रमित कति ?

Posted on: 15 Sep, 2020

भदौ ३०, दोहा | कोरोना महामारीका कारण कतारमा लगाइएका प्रतिबन्ध क्रमिक रूपमा हटाइदै छ । यसै क्रममा कतारले सेप्टेम्बर १ देखि सुरु गरेको चौथो चरणको निर्णयले आजदेखि दोश्रो भाग सुरु भएको छ । कतारको बिपत व्यवस्थापन समितिले सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै चौथो चरणको दोश्रो भागको जानकारी गराएको छ । 

पत्रकार सम्मेलनका क्रममा कतारले निर्णय कार्यान्वनमा सहयोग गरेको भन्दै सबैलाई धन्यवाद दिएको छ । साथै समितिले खोप निर्माण नहुँदा सावधानी अपनाउनुपर्ने बताएको छ । उक्त समितिले पछिल्लो समय बिद्यालय खुलाएको छ । त्यस क्रममा बिद्यालय जानेहरुमा 0.25 प्रतिशत संक्रमण फैलिएको छ । तर उक्त संक्रमण बिद्यालयबाट नभई घरबाटनै फैलिएको बताइएको छ । 

कतारको यातायात तथा सञ्चार मन्त्रालयका अनुसार सार्वजनिक यातायात सेवा ३० प्रतिसत यात्रु क्षमता राखेर सञ्चालनको अनुमति दिइएको छ ।

सार्वजनिक यातायात क्षेत्रका सम्पूर्ण कर्मचारीले कोरोना परीक्षण गर्नु पर्ने, सबै सावधानीका उपायहरू सुनिश्चित भए नभएको अनुगमन गर्न सुपरभाइजरहरू पनि परिचालन गर्न कतारको स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ ।

कतारले सावधानी सहित चौथो चरणको दोश्रो भागदेखि ३० प्रतिशत सिनेमा हाल तथा थियटर खोल्न दिने भएको छ । जसमा १८ बर्षभन्दा मुनिकालाई प्रवेश नदिने समेत निर्णय भएको छ । 

त्यस्तै हेल्थ क्लब, जिम सेन्टर तथा सार्वजनिक स्वीमिङ पुल ३० प्रतिशत खुलाउने निर्णय गरेको छ ।  

यस्तै कतारमा आज (मंगलबार) कोरोना संक्रमितको संख्या २३९ जना रहेको छ । त्यस्तै २१३ जना निको भएका छन् भने १ जनाको मृत्यु भएको छ । यससँगै, कतारमा सक्रिय कोरोना संक्रमित अब २ हजार ८६२ जना रहेका छ न् । हालसम्म कोरोना संक्रमित भई कतारमा १ लाख १९ हजार १४४ जना निको भईसकेका छन् । कतारमा हालसम्म २०८ जनाको मृत्यु भएको छ । 

कतार सरकारको अनुसार हालसम्म कतारमा ७ लाख ४१४ जनाको कोरोना परीक्षण भएको छ । मंगलबार मात्र कतारमा ४ हजार ९८७ जनाको कोरोना परीक्षण गरिएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!