कोरोना विरुद्धको भ्याक्सिन लिने पहिलो नेपाली

Posted on: 20 Sep, 2020

असोज ४, काठमाडौं । एक नेपालीले कोरोना भाइरस (कोभिड १९) बिरुद्धको भ्याक्सिन लिएका छन् । रुसको रानधानी मस्कोमा कार्यरत म६१ वर्षीय डा.महेश श्रेष्ठले शनिबार कोराना भाइरसबिरुद्धको भ्याक्सिन लिएका हुन् । 

सल्यान पुर्ख्यौली घर भएका श्रेष्ठले कसरी यो अवसर पाए ? उनको नाम रसियन सरकारद्धारा अनलाइनमा लक्की ड्र मार्फत छानिएको गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा.बद्री केसीले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । 

डा. श्रेष्ठलाई भ्याक्सिन दिनुभन्दा पहिला उनको सम्पूर्ण स्वास्थ्य परीक्षण भएको थियो। ३० हजार जना मध्येमा छानिएका श्रेष्ठको भ्याक्सिन लिएपछि स्वास्थ्य अवस्था सामान्य रहेको छ । 


यसअघि रसियामा निर्माण भएको सो भ्याक्सिन नेपालमा ल्याउने तयारी भईरहेको खबर बाहिर आएको थियो ।  नेपालका लागि रसियन राजदूत एलेक्सी नोभिकभले रुसले विकास गरेको उक्त भ्याक्सिन नेपाललाई दिन तयार रहेको जानकारी यसअघिनै दिएका थिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!