एनसेलसँग तीन महिनाभित्र कर असुल गर्न सरकारलाई लेखा समितिको निर्देशन

Posted on: 15 Jan, 2017

माघ २, काठमाडौँ | कर तिर्न अटेरी गरिरहेको ऐनसेलसँग तीन महिनाभित्र कर असुल्न सार्वजनिक लेखा समितिले अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ ।दूरसञ्चार सेवाप्रदायक एनसेलको सेयर खरिद बिक्रीमा लाग्ने पूँजीगत लाभकर कार्ययोजना बनाई समयसिमा भित्रै असुल उपर गर्न ताकेता दिईएको हो । 

लेखा समितिको आइतबार सिंहदरबारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । समितिको बैठकको निर्णय अनुसार एनसेलको सेयर खरिद बिक्रीमा लाग्ने पूँजीगत लाभकर कार्ययोजना बनाई आयकर ऐन–२०५८ को प्रावधान बमोजिम निर्धारण गरी आगामी ३ महिनाभित्र असुल-उपर गर्न अर्थमन्त्रालयलाई निर्देशन दिएको छ ।

त्यस्तै समितिले मन्त्रालयलाई कर निर्धारणका सम्बन्धमा भएका कामकारबाहीको जानकारी समितिलाई प्रत्येक महिना उपलब्ध गराउन पनि निर्देशन दिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!