तीन मन्त्रीले गमगढी हुँदै चिन जोड्ने नाक्चेलाग्ना नाकाको अनुगमन हेलिकप्टरबाटै गरे

Posted on: 16 Jan, 2017

नन्द बहादुर रोकाया/माघ ३, मुगु ।   तीन मन्त्रीद्धारा हेलिकप्टरबाट गमगढी हुदै चिन जोड्ने नाक्चेलाग्ना नाकाको अनुगमन भएको छ । 

सोमबार रक्षामन्त्री बालकिष्ण खाँड, भौतिक पुर्वधार तथा यातायता मन्त्री रमेश लेखक, सहकारी तथा गरिवी निवारण मन्त्रि हृदयराम थानीले मुलुकलाई चिनसगँ जोड्ने अर्को नाका मुगुको गमगढी नाक्चेलाग्ना नाकाको हेलिकप्टर मार्फत अनुगमन गरेका हुन । 

गमगढी देखि तिब्बतको हाजिरामा सम्म ८५ किलोमिटरको दुरीमा रहेको नाकाको ७ बर्षमा १४ किलोमिटर ट्रयाक खोलिएको छ । नेपाली काग्रेश मुगुले आयोजना गरेको गमगढी नाग्चा लाग्न सडक खण्डको अन्तर क्रियामा बोल्दै  नेताले प्रदेश नम्बर ६ को बिकासका लागि महत्वपुण मानिने मुगु सदरमुकाम गमगढीदेखि नाग्चालाग्न जोडेने गमगढी  नाक्चालाग्ना सडक सञ्चालानलाई तिव्रपार्न गमगढीमा सडक निर्माण परियोजनाको समेत स्थापना भई काम अगाडी बढाइने बताए । 

भौतिक पुर्वधार तथा यातायात मन्त्री रमेश लेखकले जुम्लामा रहेको सडक डिभिजन कार्यालयले सबैक्षेत्रलाई हेर्न नसकेपछि नाका सञ्चालन परियोजना गमगढीमा स्थापाना गरी गमगढी नाक्चा लाग्न नाका लाई छिटो सञ्चालनका ल्याउने मन्त्रि लेखकको जोड रहेको थियो । 

सहकारी तथा गरिबि निवारण मन्त्री हिद्धय राम थानीले गमगढी नाक्चा नाका सञ्चालनमा आए प्रदेश नम्बर ६ लगायत कर्णलीका जिल्लमा बिकासका सम्भावा बढ्ने स्पष्ट देखिएको  छ । यो नाका सञ्चालमा ल्याउन पहल भईरहेको र अब गमगढी जाक्चा लाग्नाकोकाम छिटै अगाडी बढ्र्ने मन्त्री थानीले बताए । 

सरकारले मुगुको तिब्बत नाका खोलेर सामान आयातमा सहज बनाउन चिन संग सम्झैता गरेको भए पनि तिब्बत जोड्ने सड्क निर्माणकार्यले गति लिन नसकेको रक्षा मन्त्री बालकिष्ण खाँडले बताए । 

बिकास निमार्णका काममा नेपाली सेनाले मुलुकका बिभिन्न ठाउँमा सफल रुपका काम गरेको अबगत गराउदै गमगढी नाक्चा लाग्ना सडकको पनी निर्माणमा जिम्मा दिईए नेपाली सेना काम गर्न तयार रहेको मन्त्री खाँडले बताए । 

बिगत लामो समययता निर्माण तथा बिकासको कुरा उठेको भएपनी काम हुन नसकेको नाक्चेलाग्ना नाकाको निर्माण तिव्र पार्नका लागी अब जिल्लामै गमगढी नाक्चेलाग्ना सडक निर्माण परियोजना सञ्चालनमा आउने भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!